Loading...

डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज छलफल हुदै

काठमाडौ ,१३ मंसिर ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै करिब दुई सातादेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आज तेस्रो दिन पनि वार्ता हुदै छ ।

डा. केसीको माग सम्बोधनका लागि गठन भएको सरकारी टोली र डा केसीका प्रतिनीधि विचको हिजो र अस्ति बसेको वार्ता विना निष्कर्ष टुङगिएका थियो । यद्यपी वार्ता गर्ने भनिए पनि वार्ताको समय भने तय भएको छैन ।

त्रिविका उपकुल पति तिर्थ खनिया र चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामा माग को प्रक्रियातग रुपमा आफूहरुले सहमति गर्न नमिल्ने भएकाले वार्ता निष्कर्षमा पुग्न नसकिएको स्वास्थ्य सचिव शैनेन्द्र उप्रेतिले जानकारी दिनु भयो ।

वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै चिकित्सा शिक्षा र चिकित्सा सेवा सम्बन्धी विभिन्न माग राख्दै डा. केसी १७ औ दिन देखि दशौं पटक अनशनमा बस्नु भएको हो । डा केसीको स्वास्थय अवस्था भने नाजुक बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...