Loading...

नेपाल र भारतविचको संयन्त्र बैठक आज बस्दै

काठमान्डौ मंसिर १४।
नेपाल र भारत विच सहमति भएका परियोजना अनुगमन संयन्त्रको दुइ पक्षीय बैठक आज राजधानीमा सुरु हुदैछ । संयन्त्र बैठकमा नेपाली पक्षको नेतृत्व परराष्टसचिव शंकरदास बैरागी तथा भारतीय पक्षको नेतृत्व राजदुत रणजित राय गर्नु हुने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला सहमति भएका परियोजना अघि बढाउन संयन्त्र गठन गर्ने सहमति भएको थियो । गत कार्तिक १२ मा सम्पन्न दुई देशका परराष्ट मन्त्री स्तरीय संयुक्त आयोगको चौथो बैठकले एक महिना भित्र संयन्त्रको बैठक बस्ने निर्णय गरे अनुसार आज संयन्त्र बैठक बस्न लागेको परराष्ट अधिकारीले बताएका छन् ।

आजको बैठकमा भारतले सन् २०१४ मा प्रदान गरेको सहुलियत ऋणबाट सञ्चालन हुने सडक, महाकाली पुल र सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, तराई सडकको पहिलो चरण यथा शिघ्र पुरा गर्ने, हाल चालु दुइवटा सीमापार रेल परियोजना शीघ्र सम्पन्न गर्ने सहमतिलाई अघि बढाउने लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा अन्य थप तीवटा सीमापार रेल परियोजना सुरु गर्ने, भारत सरकारले भूकम्पपछिको पुनर्निमार्णका लागि प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने परियोजनालाई अन्तिम रुप दिने लगायतका विषयमा पन िबैठकमा छलफल हुने जनाइएको छ ।

बैठकमा नेपालका तर्फबबाट परराष्ट, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहने छ भने भारतका तर्फबाट भरतीय दुतावासका उपप्रमुख आर्थिक मामला हेर्ने अधिकारी पूनर्निर्माण हेर्ने अधिकारीहरु रहने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...