Loading...

मेलमिलाप आयोगले ७ प्रदेशमा मुकाम तोकेर अनुसन्धान प्रक्रिया थाल्ने

काठमाडौं मंसिर १३ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले ७ प्रदेशमा मुकाम तोकेर अनुसन्धान प्रक्रिया थाल्ने भएकाे छ ।
मङ्सिरको अन्तिम सम्ममा काम सुरू गर्न आवश्यक पर्ने बजेटका बारेमा अर्थमन्त्रालयसँग अन्तिम चरणमा छलफल भईरहेको आयोगका सदस्य श्रीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
अर्थ मन्त्रलायले बजेट स्वीकृत गर्ने बित्तिकै अनुसन्धानको काम थाल्ने आयोगले जनाएको छ । यस्तै, प्रदेशको अनुभवका आधारमा विभिन्न जिल्लामा समेत कार्यविस्तार गरिने सुवेदीले बताउनुभयो । सह–न्यायाधीवक्ताको संयोजकत्वमा आयोगका कर्मचारी, मानवअधिकारकर्मी, स्थानीय निकायका विज्ञ गरी तीनजनाको नेतृत्वमा कम्तीमा २० सदस्यीय टोली खटाइने भएको छ । आयोगमा हाल सम्म ५८ हजार उजुरी परेका छन् । आन्तरिक काम करिब ९० प्रतिशत सम्पन्न गरिसकेको आयोगले घटनाको वर्गीकरण समेत गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...