Loading...

यूएनएचसीआरमा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिकको अपहरण

काठमाण्डौ ,१३ मंसिर ।

सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिक अपहरणमा परेका छन् ।

हतियारधारी समूहले तीनैजनालाई पश्चिम डार्फरबाट अपहरण गरेको एक स्थानीय सरकारका अधिकारीलाई उद्धृत गर्दै एएफपीले बताएको छ ।

‘हतियारधारी समूहले हिजो तीनजना यूएनएचसीआरमा कार्यरतहरुलाई जिनिनाबाट अपहरण गरेको पश्चिम डार्फरको राज्य सरकारका प्रवक्ता अब्देल्ह मुस्तफालाई उदृत गर्दै एएफपीले जनाएको छ । प्रहरीहरुले अपहरणकारीको खोजी गरिरहेको छ ।’

यूएनएचसीआरका अधिकारीहरुले भने अपहरणका बारे कुनै प्रतिक्रिया नदिएको पनि जनाएको छ ।

डार्फरमा सन् २००३ देखि भड्किएको गृहयुद्धमा ३ लाखजनाले ज्यान गुमाइसकेका छन् भने २५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...