Loading...

मधेसी मोर्चाको जायज माग पुरा गर्नुपर्छ : कोईराला

काठमाण्डौ, मंसिर १३ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तराई मधेसको समस्या आन्तरिक भएको भन्दै यसलाई भारतको आँखाले हेर्नु गलत हुने बताउनुभएको छ ।

राजधानीमा आज आयोजित एक छलफलमा डा. कोइरालाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर मधेसको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

अघिल्लो सरकारले मधेस समस्यालाई भारतको आँखाले हेरेर गल्ती गरेको भन्दै उनले यसलाई निरन्तरता दिनु ‘ब्लन्डर’ हुने बताउनुभयो । कोइरालाले संविधानमा मधेसको केही असन्तुष्टि रहेको भन्दै धेरै कुराहरु सम्बोधन गर्न सकिने कोइरालाको भनाई छ ।

प्रदेशको सीमांकनमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई के गर्ने भन्ने समस्या रहेको भन्दै उनले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन नसकिने प्रष्ट पार्नुभयो। नागरिकताबारे रहेको असन्तुष्टि छलफल गर्न सकिने र राष्ट्रिय सभा गठनबारे मधेसी मोर्चाको माग जायज भएको उहाँले बताउनुभयो ।

नेता कोइरालाले संविधान बनाउने क्रममा मधेसी मोर्चालाई बाहिर राख्नु गल्ती भएको स्वीकार गर्नुभयो । तर, अहिले सरकारले फेरि संविधान संशोधन प्रक्रियामा दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर अर्को गल्ती गर्न लागेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...