Loading...

संसोधन प्रस्तावमा सहमती जनाउन गठबन्धनलाई प्रमको आग्रह

काठमाण्डौ ,१३ मंसिर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सहयोग गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गर्नुभएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तयार पारेको संशोधन प्रस्तावमा असहमति जनाउदै आउनु भएका अध्यक्ष यादवसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले संसोधनमा सहयोग गरि निर्वाचनमा जाने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

गठबन्धन आवद्ध अन्य दलको समेत माग सम्बोधन हुनेगरी संसोधन प्रस्ताव आए आफुहरुले समर्थन गर्ने भन्दै संघीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले १० प्रदेश हुने गरी संसोधन मस्यौदा तयार पार्न सुझाव दिनुभयो । गठबन्धनमा ३० वटा दल तथा समुह आवद्ध छन् ।

कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनपछि पनि मधेशी मोर्चा निर्वाचनमा सहभागि नहुने आंकलन सहित मोर्चाको धारणा पछि मात्र संशोधन प्रस्ताव अघि बढाउने निश्कर्ष निकालेका थिए । दुई दलबीचको सहमतिकै आधारमा आज बिहान प्रधानमन्त्रीले फोरम नेपालका अध्यक्ष यादवसँग छलफल गर्नुभएको हो ।
यस्तै प्रधानमन्त्री दाहालले आजै बिहान कांग्रेस नेता कृष्ण सिटौलासँग पनि संविधान संशोधन र समसामयिक राजनीतिबारे छलफल गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...