Loading...

मोर्चाको माग सम्बोधन नभए विद्रोह गर्ने तमलोपाका अध्यक्ष ठाकुरको चेतावनी

काठमान्डौ ,मंसिर १३ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संविधान संशोधनको आधिकाररिक मस्यौदा मोर्चालाई उपलब्ध नगराएको गुनासो गर्नूृ भएको छ ।

अवधी पत्रकार संघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले अंगिकृत नागरिकलाई उच्च पद दिने कुरा हल्ला मात्र भएको बताउनु भएको छ ।

साथै उहाँले सरकारले मोर्चाको माग संबोधन हुने गरी तयार पारेको भनिएको संशोधन प्रस्ताव नहेरी टिप्पणी नगर्ने बताउनु भयो ।

तर, संशोधन विधेयक दर्ताका लागि मागेको समय आज सकिने भएकोले सरकारले के गर्छ भनेर आफूले हेरेर बसेको समेत उल्लेख गर्नु भयो ।

एमालेले जहिले पनि मधेसी र मधेसप्रति रुखो टिप्पणी गर्ने गरेको उहाँको आरोप छ । संविधान संशोधनमा एमालेले अवरोध र्पुयाउन सक्ने भए तापनि त्यसलाई रोक्न भने नसक्ने दावी ठाकुरको दावी छ ।

ठाकुरले मधेसी मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने चेतावनी समेत दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...