Loading...

जनकपुरमा ट्रिपरको ठक्करबाट एकको मृत्यु

काठमान्डौ ,मंसिर १३ ।
जनकपुरको भ्रमरपुराचोकमा आज बिहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–८ की प्रतिभा झा रहेको प्रहरीले जनाएको छ ।

ज ६ प ९३२८ नम्बरको मोटरसाइकललाई भारतीय नम्बरको बालुवा बोकेको ट्रिपरले ठक्कर दिदा उनको मृत्यु भएको हो । दुर्घटनमा परि मोटरसाइकल चालक सत्रुधन यादव घाइते भएका छन् ।

दुर्घटनापछि आक्रोशित गाउँलेले भ्रमरपुराचोकमा टायरबालेर प्रदर्शन गर्दै केही बेर यातायात बन्द गराएका थिए । ठक्कर दिने ट्रिपर र चालकलाई जिरोमाइल प्रहरीचौकीले पक्राउ गरेको छ ।

प्रतिभा झाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...