Loading...

भालेस्वर मन्दिरको पूरानो शिला फ्याकेर व्यापार गरीरहेको छ चन्द्रागिरी हिल्स

काठमाण्डौं मंसीर १३ । चन्द्रागिरी हिल्सले डाँडामा केवलकार निर्माण गर्दा जनताको धार्मिक तथा सांस्कृतिक आस्थामाथि समेत खेलवाड गरेको तथ्य भेटिएको छ ।

स्थानियबासि तथा मुलुकभरबाट आउने भत्तजनले बषौदेखि पुज्दै आएको शिवजीको शिला उखेलेर नयाँ मन्दिर निर्माण गरिएको छ । पुरानो शिला लाई नै राख्दा चन्द्रागिरि हिल्सले आफ्नो व्यावारमा असर पर्ने भन्दै उखेलेर फालि नयाँ मन्दिर निर्माण गरेको हो । सुरुमा शिला उखेल्न स्थानियले नदिएपछि उसले पछि मन्दिर निर्माण सम्पन्न भए लगत्तै सोहि स्थानमा पुन शिला स्थानमा राखिने सहमती सहित उखेलीएको थियो तर अहिले त्यो सहमती कार्यान्वयन भएको छैन । हिल्सका जिम्मेवार कर्मचारीले नाम नबताउने सर्तमा भने पुरानो शिला राख्दा धार्मिक आस्था जोडिएको र त्यहा मेला लाग्दा भोज भतेर हुने अनी स्थानियले जहिलेपनि आउने पुजा गर्ने गर्दा समस्या हुने भएकाले नया मन्दिर राख्नुपरेको बताए । उनले किन नयाँ मंदिर नै बनाउनु आवश्यक थियो त भन्ने जिज्ञासामा भने ,”जहा मंदिर छैन त्या खास मान्छे जान रुचाउदैनन । त्यसैले आगन्तुकलाई आकर्षण गर्न मन्दिर बनाईएको हो । “

डाडामा ठूला नेता देखि पत्रकार सम्मलाई निशुल्क घुमाउने तर सर्वसाधारणलाई चर्को असुली गरेर ठग्ने गरेको हिल्सले डाँडामा सर्वसाधारणमाथि गलत शिक्षा प्रवाह हुने खालको सुचनै टाँस गरी मंहगोमा होटल तथा रेष्टुरेन्टबाट व्यापार गरीरहेको बारेमा मिर्मिरे अनलाईनले कार्तिक ४ गते (चन्द्रागिरी हिल्सद्धारा डॉडामा यसरी ठगिदैछन् सर्वसाधारण) समाचार प्रकाशित गरको थियो ।
मन्दिरको पुरानो शिला उखेलियो
चन्द्रागिरी डाँडामा सदियौ देखि सर्वसाधारण पूजा गर्न जाने गरेका थिए र वर्षमा एक पटक मेला लाग्ने गरेको थियो । त्यसैले त्याँहा पूजा गर्ने एउटा शिला थियो । पूर्व तर्फ फर्किएको सो सिलाको वरीपरि घण्टी राखिएको थियो । तर चन्द्रागिरी केवलकार सञ्चालकले मन्दिर बनाउने क्रममा सो शिला उखलेर मन्दिर भन्दा पछाडी फ्याकिदिएको चन्द्रागिरी देउरालीका ६३ वर्षे मंगलसिंह लामा बँताउछन् ।
गाँउलेहरुले सिमेन्ट बोकेर लगेर सिलाको वरीपरि प्लाष्टर गरेर केही राम्रो बनाएका थिए । लामा पूरानो पूजा गर्ने ढुगाको शिलाा उखलेर फ्याकेर नँया मन्दिर बनाएको र यसले जनताको आस्थामाथि खेलवाड गरेको बताँउछन् । सिला उखलेर फ्याकिएकोबारे सर्वसाधरण यसो भन्छन् ( भिडियो हेनुस् )

काठमाण्डौंबाट पैदलै हिडेर करीब ढेड घण्टामा पुगिने र सवारी साधनबाट समेत जान सकिने ठाँउ हो चन्द्रागिरी । अहिले पनि थुप्रै युवाहरु हाईकिगं गर्दै चन्द्रागिरी पुग्ने गरेका छन् ।  वर्षमा एक पटक मेला लाग्ने गरेकाले सर्वसाधारणको ओहोर दोहोर पनि बाक्लै हुने गरेको थियो । यही चन्द्रागिरी डाँडामा केवलकार बनाएर पैसा कमाउने लक्ष्य राखेको चन्द्रागिरी हिल्सले डाँडामा मानिसलाई पटक पटक पुर्याउने जुक्ति लगाएर मन्दिर निर्माण गर्यो ।

ch11

पहिला शिला भएको ठाउमा अहिले नया मन्दिर बनाईयो तर यो शिला उखलेर उनीहरुले तल लगेर ठड्याईदिएका छन् , यो शिला हो ।

स्थानीय मान्छे अहिले पनि यो शिलाको पूजा गर्दछन् । साथै उहिलेदेखि राखिएको घण्टीहरु फ्याकीएको र एउटा त्रिसुल लडिरहेको अवस्थामा बेहाल पारीएको गुनासो सर्वसाधारणको छ ।
हाम्रो पवित्र थलोमाथि यसरी लापरवाही किन गरियो ? सरकारले कसरी चन्द्रागिरीलाई यत्रो डाडा फाड्ने काममा सहमति दियो कुरा बुझ्न सकिएको छैन । मातातिर्थ गाविसका पूर्व जनप्रतिनिधिले नाम उल्लेख नगरिदिने शर्तमा बताए ।
यति सम्म कि मनकामना मन्दिरमा केबलकारका कारण दर्शनार्थीहरु पटक पटक जाने गरेकाले डाँडामा पनि मनकामना जस्तै बनाउनलाई हिल्सले शुरुमा ईच्छापुरेस्वर महादेव नाम राख्ने षड्यन्त्र गरेको स्थानीयको भनाई छ । तर पछि विरोध पछि भालेस्वर नै नाम राखिएको देखिएको छ । तर मन्दिरको बाहिर रहेको ठूलो घण्टीमा उसले ईच्छापुरेस्वर महादेव लेखेको छ, जो अहिले पनि हटाईएको छैन ।

1d

यो घण्टामा ध्यान दिएर हेर्नुस् प्रष्ट देखिन्छ ईच्छापुरेस्वर महादेव लेखेको , जबकि यो मन्दिर सदियौ देखि भालेस्वरको रुपमा रहेको छ ।

यस विषयमा हिल्सको कार्यलयमा सम्पर्क गर्दा आईएमईका कर्मचारी राजु पौडेललाई देखाईयो , उनीसगँ बुझ्दा त्यस्तो होईन होला भन्ने प्रतिकृया दिए ।
यति मात्र हैन हिल्सले डाँडामा पानी , आईसक्रिम सहितको व्यापार मात्र हैन मन्दिरको पूजा सामाग्रीको व्यापार पनि आफूले नै गरीरहेको छ । सो व्यापारको क्रममा नरिवलको दाना समेत उसले दर्शनार्थीले किनेर चढाए पछि फिर्ता दिने गरेको छैन , तर पछि फेरी त्यही नरीवललाई पूजा सामाग्रीको झोलामा राखेर बेच्ने गरेको अवलोकनकर्ताहरुले दावी गरे । गोंगबु बस्ने रिता मिश्रले आफूले नरीवल पनि फिर्ता माग्दा पाईदैन भनेको गुनासो गरिन् ।
यसरी सर्वसाधारणको तीर्थ र मेला स्थलको रुपमा रहेको सरकारी जग्गालाई न्युनतम शुल्क तिरेर संरचना बनाई सिण्डिकेट व्यापार गरीरहेको चन्द्रागिरी हिल्सले मन्दिरका नाममा समेत व्यापार गरेकोमा सर्वसाधारणले निकै ठूलो आक्रोस पोखेका छन् ।
चारै तिर असन्तुष्टि र विरोध बढ्न थाले पछि हिल्सले सुरक्षा व्यवस्थाका लागि प्रहरीको पोष्ट नै राख्न माग गरेको बुझिएको छ ।
सम्झौता भएको भन्दा बढी जग्गा अतिक्रमण, वन फडानी र सरकारलाई राजस्व ठगी गरीरहेको विषयमा अर्को अंकमा प्रकाशित गरिने छ ।

chandragiri-pahad2

समाचार प्रकाशन पछि चौतर्फी विरोध बढेका कारण डाडामा रेष्टुरेन्ट र फुडकोर्टमा केही मुल्य घटेको सर्वसाधारणको भनाई छ । साथै केवलकार चढ्न जाने मानिसहरुले खाने कुरा लान दिने गरेको पनि बताएका छन् । तर यस बारे विस्तृत रिपोर्ट अर्को अंकमा प्रकाशित गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...