Loading...

झापामा सवारी दर्घटना हुदा एक जनाको मृत्यु

काठमान्डौ ,मंसिर १३ ।
झापामा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवागढी –५ निवासी ३४ वर्षीय सथिमान थाम्सुहाङ लिम्बू रहेको प्रहरीले जनाएको छ ।

मे ६ प ६९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ विर्तामोड नगरपालिका–६, नयाँ बसपार्क छेऊमा दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बुको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकोक छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...