Loading...

संशोधनले मुलुकलाई द्वन्द्व,अन्यौलता र अस्थीरतातर्फ धकेल्ने

काठमान्डौ मंसिर १३।
मुलुकको सबै समस्या समाधान हुने गरी संविधान संशोधन गर्नु पर्ने भन्दै नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधनका विषयमा साझा धारणा सार्वजनिक गरेका छन् ।

सरकारले मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधनको अन्तिम तयारी गरिरहेका बेला नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनीहरुले विज्ञप्ती मार्फत संविधान संशोधनले वर्गीय, जातीय, लैंगिक, भाषिक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय लगायत सम्पूर्ण भेद्भाव अन्त्य हुनु पर्ने माग गरेका छन् ।

विज्ञप्तिमा नागरिकद्वारा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख हुनुपर्ने, संविधान संशोधन गर्दा मधेसी, थारु, आदिवासी, जनजाती, खस, मुस्लिम, दलित, उत्पीडित, उपेक्षित र अल्पसंख्यक र पिछडिएको क्षेत्रको समस्या सम्वोधन गर्नुपर्ने र यसका लागि मधेसी मोर्चा तथा राष्ट्रिय गठबन्धनले उठाएका माग पूरा हुनुपर्ने उल्लेख गरिएको छ ।

गठबन्धनको माग सम्बोधन नहुने गरी सरकारले गर्न लागेको संविधान संशोधनले समस्या समाधान हुन नसक्ने बताउदै दुवै दलले संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन नसक्ने बताएका छन् ।

अहिलेको संशोधनले शान्ति, र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थीरतातर्फ धकेल्ने संयुक्त वक्तब्यमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...