Loading...

माओवादी पोलिटब्युरो बैठक बस्दै

काठमान्डौ मंसिर १३।
नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो बैठक आज बस्दैछ । बैठक राजधानीको पेरिसडाँडास्थित पार्टी मूख्यालयमा अपरान्ह ३ बजेपछि बस्ने छ ।

आजको बैठकमा पोलिटब्युरो सदस्यहरुले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको संगठनात्मक विषयवस्तुका बारेमा आ–आफ्नो धारणा राख्ने माओवादी केन्द्रले जनाएको छ ।

संगठन सुदृढिकरणका सम्बन्धमा तीन महिने अभियानको कार्ययोजना तय गर्दै बिभिन्न संरचनालाई पूर्णता दिने बारेमा पनि आजको बैठकमा छलफल हुने नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

गत शनिवारबाट सुरु बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन र पछिल्लो राजनीतिक घटनाक्रमका बारे बैठकमा जानकारी गराउनुभएको थियो ।

केन्द्रीय कार्यालय बैठकले संविधान संशोधनका लागि निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएपनि आजको पोलिट्ब्युरो बैठकले संशोधनबारे सुझाव समेत दिइने बताइएको छ ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालय, सचिवालय, पोलिट्ब्युरो तथा महाधिवेशन आयोजक समितिलाई पूर्णता दिदै जिम्मेवारी बाँडफाड गर्न बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...