Loading...

संविधान संशोधनका विषयमा देखिएको मतभेद समाधान गर्न नेपाली कांग्रेसको बैठक बस्दै

काठमाडौ १३ मंसिर ।
प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित संयुक्त बैठक आज बस्दैछ । बिहान १० बजेपछि सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यलयमा बस्ने बैठकमा संविधान संशोधनका विषयमा देखिएको मतभेदका विषयमा छलफल हुनेछ ।

मधेशी मोर्चाको माग सम्बोधनका लागि गर्ने भनिएको संविधान संशोधनका विषयमा पार्टीभित्र मतभेद देखिएपछि समाधानको प्रयास स्वरुप सभापति शेरबहादुर देउवाले बैठक बोलाउनु भएको हो ।

संविधान संशोधनका विषयमा पार्टीकै केही नेताहरुको फरक धारणा आइरहेका बेला बस्न लागेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले एकिकृत धारणा बनाएर अघि बढ्ने सम्बन्धमा निर्णय गर्ने जनाएको छ ।

एमाले बिना भएपनि असन्तष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा जुटेका बेला कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको सहमति बिना प्रस्ताव अघि बढाउन नहुने तर्क गर्दै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...