Loading...

आज बाला चतुदर्शी, सतबिज छरी मनाइदै

काठमाडौ १३ मंसिर ।
आज मार्ग कृष्णपक्ष चतुदर्शी, अर्थात बाला चतुदर्शी । हिन्दु धर्मवालम्बीहरुले सतबीज छरेर मनाईंदैछ ।

मार्ग कृष्ण पक्षको त्रयोदशीको राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको कामना गर्दै दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सतबीज छरी बाला चतुर्दशी पर्व मनाउने गरिन्छ ।

यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । गएराति देखि नै काठमाडौको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुरवर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।

सतबीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा नभइ धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...