Loading...

बाटो विस्तार हरने भए पछि नवलपरासीका जनता खुसी

रबिन्द्र यादव

 परासी १२ मंसिर । लामो समयदेखि धुलोप्रदुषण र बाटोको समस्या झेल्दै आएका नवलपरासीका जनताहरु, अब हुने बाटोको विस्तार तथा कालोपत्रेले खुशी भएका छन् ।

जिल्लाको भौतिक पुर्वाधारको विकास गर्ने क्रममा जिल्लाका हुलासी, नहरबाटो तथा भित्री सडकहरु विस्तार एवं कालोपत्रे हुने भएपछि स्थायिन जनताहरु खुशी भएका हुन् ।नेपाली कांग्रेसका नेता नवलपरासी क्षेत्र नं. ५ का सांसद एवं संसदीय दलका सदस्य विक्रम खनालले विकासको क्रमम पहिलो प्राथमिकता सडक सञ्जाललाई दिएको बताउनु भयो। सांसद खनालका अनुसार जिल्लाको मुख्य नाकामहेशपुरदेखि पुर्वपश्चि राजमर्गमा जोडिने गरि वाईपास रोड, महेसपुरदेखि पञ्चनगरबाटोकोनिर्माण काम भैरहेको बताउनु भयो । करिब १२ करोडमा ठेक्का भएको सो बाईपास सडक कालोपत्रे हुने अवस्था समेत पुगी सकेको सांस्सद खनालले बतउनु भयो ।त्यस्तै परासी सदरमुकाम देखि जमुनियाको नारायणचोकमा निस्किने १४ किलोमिटरको हुलासी बाटोपनि २५ करोडको स्टिमेटमा टेण्डरभई यसैबर्ष काम थालिने सांसद खनालले बताउनुभयो ।

15239146_681364345355359_1751781253_n

उहाँका अनुसार अर्काे चिसापानी, मझौनी हुदै महेसपुर निस्किने भित्री सडकको पनि १५ करोडको स्टिमेट भईसकेको छ भने भुजहवा, सेमरी, दाउन्ने निस्किेन गरि १८ किलोमिटरको सडक ३ करोडको स्टिमेटमा टेण्डर भई निर्माण काम यसैवर्ष शुरु हुने बताउनु भयो ।त्यस्तै अर्काे पुरानो हुलासी एवं नेपाली नहरको बाटो पुर्व त्रिवेणीधाम देखि पश्चिम सनई रुपन्देहिको सिमानामा जोडने बाटोको पनिविस्तारका लागि सरकारले ३२ करोडको रुपिया विनियोजन भई सकेको र पहिलो चरणमा ५ करोड रुपिया निकासा समेत भईसकेको नेता खनालले बताउनु भयो । भित्री सडक खण्ड मध्ये अर्काे महेसपुर, सुगौली, पिपरहिया हुदै राजमार्गमा जोडने १५ किलोमिटरको सडकका लागि ३.५ करोडक बजेट बिनियोजन भईसकेको छ भने अर्काे पंचनगर, जहदा, ज्यामिरेभार, दाउन्नेदेवी, रुपौलिया निस्किने २८ किलोमिटरको भित्री सडकका लागि २८ करोड रुपिया विजियोजन भई कामको प्रारम्भका लागि ५ करोडको पहिलो किस्ता निकास समेत भईसकेको छ ।

त्यस्तैै गेरमा, गेरमी हुदै क्षेत्र नं. ५ को क्षेत्रिय बाटोमा जोडिने सडक पनि विस्तार हुने लिस्टमा परिसकेको छ भने अर्काे हरपुरबाट पिपरहवा, मुडेरा हुदै सिस्वाको रिङ्गरोड जाडिने छ भने अर्काे पाल्ही, गाविस सडकलाई नेपाली नहरमा जोडिन काम समेत थालिएको बताइएको छ ।जिल्लामा विस्तार एवं कालेपत्रे हुने ११ वटा सडकहरु मध्ये ६ वटा सडकको टेण्डर भईसकेको छ भने बाकी सडकहरुको टेण्डर प्रकृयामा रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा विस्तार हुने सबै सडको टेण्डर प्रकृया सकि निर्माण काम यसैवर्ष शुरु हुनेबताएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...