Loading...

चैतमा निर्वाचन सम्भव छैन : यादव

सप्तरी ,मंसिर १२ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी चैतमा स्थानिय निकायकाे निर्वाचन सम्भव नरहेकाे बताउनु भएकाे छ ।

गृहजिल्ला सप्तरीमा आइतबार संचारकर्मीसँग कुरा गर्दे यादवले संक्रमण लम्बिएकाले र अहिलेसम्म पनि राजनैतिक किचलाेका कारणा निर्वाचन तयारी पुरा नभएकाेले चुनाव हुन नसक्ने अाशंका बढेकाे बताउनु भयाे ।

संक्रमण अन्त भएर कम्तीमा १ सय २० दिन निर्वाचन तयारीका लागि आयोगलाई चाहिने भन्दै उहाले त्यसो भए मात्र निर्वाचन गराउन सम्भव रहेकाे बताउनु भयाे ।

उहाले निर्वाचन नहुँदा विकास निर्माणदेखि राष्ट्रिय विकासका प्रमुख मुद्दाहरु ओझेलमा पर्ने भएकाले सक्दो चाँडो राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभयाे ।

राष्ट्रका लागि अहिले निर्वाचन अपरिहार्य आवश्यकता भएको बताउँदै यादवले निर्वाचन आयोगले सहजीकरण गरेर भएपनि निर्वाचनको वातावरण बनाउने तर्फ लाग्ने बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया

Loading...