Loading...

जिप्रका सप्तरीमा राखिएकाे प्रेसरकुकर बम निष्क्रिय गर्दा ३ सुरक्षाकर्मी घाइते ,गोइतले लियाे बमको जिम्मेवारी

सप्तरी ,मंसिर १२ ।
सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा भेटिएकाे बम नेपाली सेनाकाे टाेलीले साढे पाच घन्टापछि निष्क्रिय पारेकाे छ ।
 प्रशासन कार्यालयको कोठा नम्बर–५ मा नागरिकता/राहदानी फाँट अगाडि अाज मध्यान्ह १२ बजे झाेला भित्र राखिएकाे ३ लिटरकाे प्रेसरकुकर बम कृष्ण दल गणका सह–सेनानी आशिष तामाङको नेतृत्वमा नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेकाे हाे ।
बम निष्क्रिय पार्ने क्रममा तीन जना सुरक्षाकर्मी समेत  घाइते भएका छन् ।बम निष्क्रिय गर्दा छर्राले लागेर सेनाका एक जवान र नेपाल प्रहरीका तीनजना सुरक्षाकर्मी घाइते भएकाे  जिल्ला प्रहरीका डिएसपी दानवहादुर कार्कीले बताउनु भयाे ।

बिस्फोटमा घाइते हुनेहरुमा नेपाल प्रहरीका हब्लदार कणीबहादुर बिक,जवानद्वय राजेश तामाङ र बिनोद राजबंसी तथा नेपाली सेनाका जवान चन्द्रप्रकास गुरुङ रहेकाे जिल्ला प्रहरीका डिएसपी दानवहादुर कार्कीले बताउनु भयाे । सेनाकाे जवानकाे मुखमा छर्रा लागेकाे छ भने प्रहरीहरुकाे हातमा छर्रा लागेकाे छ ।

जिल्ला प्रशासन कार्यालयमा बम रहेको हल्ला भएपछि कार्यालयमा काम गरिरहेका कर्मचारी तथा सेवाग्राही त्रसित भएका थिए । बम फेलापरेपछि दिनभरि कार्यालयको दैनिक कामकाज प्रभावित भयाे ।

बम निष्क्रिय गर्न जिल्ला प्रशासन कार्यालय आसपास क्षेत्रबाट सर्वसाधारणलाई खाली गराइएको थियाे भने उक्त सडकमा समेत आवागमनमा रोक लगाइएको थियाे ।

यसैबीच जनजान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय संयोजक जयकृष्ण गोइतले स्थानिय संचारकर्मीहरुलाई विज्ञप्ती पठाएर आफूहरुले जिल्ला प्रशासन कार्यालयमा बम राखेको जानकारी गराउनु भएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...