Loading...

संबिधान संसाेधनकाे बिराेधमा एमालेले गर्याे बृहत जनप्रदर्शन

चितवन,मंसिर १२ ।

संविधान कार्यान्वन गरी सबै तहको निर्वाचन गर भन्ने नाराका साथ नेकपा एमाले चितवनले संविधान संशोधन प्रस्तावको विरोधमा आज नारायणघाटमा बृहत जनप्रदर्शन गरेको छ ।

नारायणघाटको लायन्स चोकबाट सुरु जन प्रर्दशन शहीद चोक हुँदै पुल्चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

पार्टीको झण्डा बोकेर  प्रदर्शनमा सहभागी कार्यकर्ताले र्‍यालीमा ‘संविधान संशोधन खारेज गर’, ‘हिमाल पहाड तराई, कोही छैन पराई’ लगायत नारा लगाएका थिए ।  विरोध र्‍यालीपछि आयोजित कोण सभामा बोल्दै नेताहरुले संविधान संशोधनको प्रस्ताव विदेशीको इसारामा आएको भन्दै त्यो प्रस्तावमा जनताले साथ नदिने बताएका छन्।

उनीहरुले सबैको अधिकार सुनिश्चित भएको संविधान कार्यान्वन गराउनु पर्नेमा जोड दिदै अहिलेको सरकार कठपुतली र राष्ट्रविरोधी भएको बताउँदै राष्ट्रलाई विखण्डनको दिशातर्फ लान उद्दत भएको आरोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...