Loading...

संविधान संशोधनमा एमालेले पनि सहमति जनाउनेछ : देउवा

काठमान्डौ, मंसिर १२ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहमति जनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले संविधान संशोधनमा मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनु भएको हो ।

सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसदमा संविधान संशोधन दर्ता हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने धारणा नेपाली कांग्रेसको रहेको देउवाले उल्लेख गर्नु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली कांग्रेस सकारात्मक रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...