Loading...

जनजाति आन्दोलनका अगुवाद्धारा संशोधन गर्दा १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग

काठमान्डौ मंसिर १२।
आदिबासी जनजाति आन्दोलनका अगुवाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष संविधान संशोधन गर्दा १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरेका छन् ।

पद्मरत्न तुलाधरको नेतृत्वमा गएका आदिबासी जनजाति आन्दोलनका अगुवाले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

उनीहरुले पहिलो संविधानसभाको राज्य पूनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पूनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेकाले र सत्ता साझेदार दलहरुसँग अन्तिम पटकको छलफल गरेर टुंग्याइने बताउनु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...