Loading...

प्रधानमन्त्री काग्रेस नेता पौडेलबीच संबिधान संसोधाबारे छलफल

काठमाण्डौ ,१२ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कंग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग आज बिहान संविधान संशोधनबारे छलफल गर्नुभएको छ ।

सरकारी निवास वालुवाटारमा बिहान करिब आधा घण्टा भएको छलफलमा प्रदेश सीमांकन हेरफेरको बिषयलाई लिएर कांग्रेसभित्र देखिएको विवादबारे छलफल भएको थियो ।

सहमतिका लागि पछिल्लो समय कांग्रेसका तर्फबाट एमाले नेतृत्वसंग छलफलको अख्तियारी पाएका पौडेलले एमाले नेताहरुसँग भएको छलफलबारे समेत प्रधानमन्त्री दाहाललाई जानकारी गराउनु भएको थियो ।

सरकारले संविधान संशोधन विधेयक दर्ता गर्ने अन्तिम तयारी गरिरहेका समय प्रधानमन्त्री दाहालले नेता पौडेलसँग छलफल गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...