Loading...

गोविन्द केसीका प्रतिनिधि र सरकारीपक्ष बीच वार्ता सुरु

काठमाणडाै ,मंसिर १२ ।
अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारीपक्ष बीच वार्ता सुरु भएको छ । डा केसीको सर्मथनमा राजधानीमा हिजो भएको प्रर्दशनका क्रममा पक्राउ परेका ३१ जना समर्थक रिहाई भएलगत्तै वार्ता प्रक्रिया सुरु भएको हाे ।
शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ र स्वास्थ्य सचिव सेनेन्द्र उप्रेती सहभागी हुनुहुन्छ भने डाक्टर केसीको तर्फबाट डाक्टर वाई पि सिंह, डाक्टर रञ्जन सापकोटा, डाकटर सागर पोखरेल र नेशनल रेजिडेनट एशोसिएशनका अध्यक्ष डाक्टर लिजन महर्जन रहनु भएकाे छ ।
नेपाल चिकित्सक संघको दबाबपछि सरकारले हिजो मात्र शिक्षा सचिव श्रेष्ठ र स्वास्थ्य सचिव उप्रेती सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ताटोलीले हिजै महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पताल पुगेर अनसनरत डाक्टर केशीको धारणा बुझेको थियो । चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै पटकपटक अनसनरत डा केशीको अनसन आज १५औं दिन पनि जारी छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...