Loading...

डोटीमा जन्ती बस दुर्घटना हुदा २ जनाको मृत्यु, २३ घाइते

काठमान्डौ,मंसिर १२।
डोटीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।

हिजो साँझ से १ ज ७४७ नम्बरको जन्ती बोकेको जीप डोटी लाटामाण्डौको उजेली गाउँ नजिकैको देवलमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा लाटामाण्डौ–२ का ३० वर्षका वीरी ताम्राकार र जिजोडामाण्डौ–८ का गोरीशंकर नेपाली रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते मध्ये १४ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा
उपचार भइरहेको छ भने ८ जनाको सुजङ अस्पताल डोटीमा उपचार भइरहेको छ । त्यस्तै एक जनाको पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...