Loading...

रुसले सिमानामा उतार्यो विश्वकै अत्याधुनिक रोबोर्ट टैक

एजेन्सी मंसीरु १२ । रुसले अमेरीका तथा यूरोपेली देश संलग्न नेटोको रणनीतिक घेराबन्दीलाई लक्षित गर्दै पोल्याण्डको सिमानामा पहिलो पटक रोबोर्ट टैकं तैनाथ गरेको छ । यसले नेटो आवद्ध देशहरुभित्र हंगामा मच्चिएको छ ।
साथै रुसले सिमा क्षेत्रमा ईन्फेन्ट्री सेनाको संख्यामा पनि वृद्धि गर्न थालेको छ । यसलाई संभावित तेस्रो विश्व युद्धको तयारीको रुपमा हेर्न थालिएको छ ।
स्वचालित रोबोर्ट टैंकलाई सेनाले करीब ५ किलो मिटर टाढाबाट रिमोर्ट मार्फत परिचालन गर्ने छन् । रुसको अधिक सिमा क्षेत्र बर्फीलो र अत्याधिक चिसो छ । जहा तापक्रम माईनस ३० डिग्री सम्म झर्ने गरेको छ ।

rusian-tank
त्यसैले सेनालाई गस्ती गर्न र युद्ध सञ्चालन गर्न कठिन पर्ने भएकाले रोबोर्ट राखिएको हो । ५ मिटर सम्म अग्लो यो रोबोर्टले कुनै खतरा महसुस हुनासाथ अपरेटरलाई सन्देश पुर्याउने छ । साथै बारुदी सुरुगं भए पत्ता लगाउने छ र त्यसलाई निस्तेज पार्ने छ । रुसको खतरनाक सैन्य क्षमता र तयारीका कारण युक्रेन सहित युरोपेली देशहरुले नागरिकलाई अनिवार्य सैन्य भर्तीको प्रसंग अघि बढाएका छन् ।
युक्रेन र लिथुआनियाले अनिवार्य सैनिक सेवाको कानुन नै पास गरेका छन् । रुसले बाल्टिक सागरमा नया किसिमको रणनीतिक उपस्थिति देखाईरहेको छ ।
रुसको यो सामरिक सक्षमतालाई मध्यनजर गर्दै अमेरीका र बेलायतले रोमानीया र युक्रेनमा १० हजार सेना र फाईटर जेट उतार्ने तयारी गरीरहेको बताईएको छ ।
यसै गरी फ्रान्स , स्वीडेन र पोल्याण्डले समेत सेनामा भर्ती अनिवार्य गर्न सक्ने तर्फ बिचार गरीरहेको विज्ञहरुले जनाएका छन् ।
यदी यूरोप सगँ सभावियत युद्ध शुरु भएमा सबै भन्दा पहिले युक्रेन समस्यामा पर्न सक्ने देखिएको छ । युक्रेनको आधा भन्दा बढी जनसंख्या रुसको पक्षमा रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...