Loading...

उपत्यकामा आजबाट साझाका ३० बस सञ्चालन हुदै

काठमाडौं, मंसिर १२।
उपत्यकामा आजदेखि साझा यातायातका सुविधा सम्पन्न ३० वटा नयाँ बस सञ्चालन हुने भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न चाररुटमा पुराना आठ सहित नयाँ ३० गरी ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ ।

अपाङ्गमैत्री रहेको साझाको नयाँ बस सेवा बिहान ९ बजेबाट सुरु गरिने कायम मुकायम प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले शहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला गाडी मार्फत काठमाडौं उपत्यकाका चारवटा रुटमा यात्रुले सेवा पाउने बताउनु भयो ।

शहरी सवारी मापदण्ड र यात्रुको सेवालाई मध्यनजर गरी साझाले विशेष सुविधायुक्त बस सञ्चालन गर्न लागेको बताइएको छ ।

साझाको नयाँ वसमा दुई वटा ह्विलचेयर अट्ने ठाउँ, चारवटा सिसिटिभी,मनोरञ्जनका लागि एलइडी टिभी, मोवाइल चार्जरको व्यवस्था रहेको छ । साझाको उपत्यका भित्र र बाहिर गरी नयाँ थपिएका बस सहित जम्मा ४६ वटा बस सञ्चालनमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...