Loading...

संशोधन विधेयक आज संसदमा दर्ता गर्ने सरकारको तयारी

काठमाडौ १२ मंसिर ।  

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि सरकारले आज संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ । मधेशी मोर्चा तथा केही जातिय र क्षेत्रिय दल समुहको माग सम्बोधनका लागि भन्दै विभिन्न चार ओटा विषयमा सरकारले संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

प्रदेश सिमांकन, राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता र भाषाको विषय समेटिएको विधेयकलाई अन्तिम रुप दिन सरकारले कानुन मन्त्रालयमा पठाएको छ । मन्त्रालयले भाषा मिलाएर दिएको मस्यौदालाई शिर्ष तहमा छलफल गरी आजै अन्तिम रुप दिने जनाएको छ ।

त्यसपछि दिउँसो बस्ने मन्त्री परिषदको बैठकले संशोधन विधेयकको मस्यौदालाई अनुमोदन गरी संसदमा दर्ता गर्ने तयारी भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

संशोधन विधेयक अनुमोदनको एकल एजेन्डा सहित मन्त्रीपरिषद बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका वावजुद सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...