Loading...

डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज छलफल हुदै

काठमाडौ १२ मंसिर । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै करिब दुई सातादेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आज वार्ता हुदैछ ।

डा. केसीको माग सम्बोधनका लागि तत्काल वार्ता समिति गठन गर्न चौतर्फी दवाव बढेपछि सरकारी हिजो दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव सनेन्द्र उप्रेतीको वार्ता टोलीले आज केसीका प्रतिनिधिसँग माग सम्बोधनका लागि पहल गर्ने जनाएको छ ।

यद्यपी हिजो राजधानीमा प्रदर्शनका क्रममा पक्राउ परेका डा. केसीका समर्थकको हिाइपछि मात्र वार्ताको समय तय गर्ने केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

सरकारी वार्ता टोलीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा केसीलाई हिजो भेट गरी उहाँको मागका सम्बन्धमा धारणा बुझेको थियो । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी दशौं पटक अनशनमा बस्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...