Loading...

नवलपरासीमा जीप दुर्घटना : एकै गाउँका सात जनाको मृत्यु

काठमाडौ १२ मंसिर ।   

नवलपरासीको पहाडी गाविस बुलिङटारको वडा नम्बर ८ बतासमा जीप दुर्घटना हुँदा एकै गाउँका सात जनाको मृत्यु भएको छ । १८ जना घाईते भएका छन् ।

जिल्लाको बुलिङ्टारबाट डाँडाझेरी तर्फ जाँदै गरेको ग १ ज ३६३२ नम्बरको जिप गएराति बतास भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी चौकी बुलिङटारले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा डाँडाझेरी छरछरेका किशन बाचे, समन्ती बाचे, खिमबहादुर बाचे, लोकबहादुर बाचे, जयबहादुर बाचे, दीपक फाल र रेशबहादुर बाचे रहेका छन् ।

राती करिब साढे ११ बजे भएको सो दुर्घटनाका घाईतेहरुलाई उद्धार गरी आज बिहान मात्र उपचारका लागी चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पहाडी क्षेत्र भएकाले दुर्घटना लगतै घाइतेहरुको उद्धार गर्न कठिनाई भएको थियो । बुलिङटार चौकीमा गाउँको झगडाको विषयमा छलफल गरी फर्किएकाहरु राति दुर्घटनामा परेका हुन् । जीप सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...