Loading...

सभामुख घर्ती रुस भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौ ११ मंसिर । सभामुख ओनसरी घर्तीले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल छिट्टै टुङगीने बताउनु भएको छ ।

आगामि १४ गते बस्ने व्यावस्थापिका संसदको बैठकमा प्रस्तावमाथि पुन छलफल हुने भन्दै सभामुख घर्तीले बोल्न बाकी सांसदले धारणा राखिसकेपछि महाअभियो सिफारिस समितिमा पठाईने बताउनु भयो ।

रुसको करिब एक साता लामो भ्रमण सकेर आज अपरान्ह स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग बोल्दै घर्तीले महाअभियोमाथिको छलफल अबको संसद बैठकमा सकेर सोहि दिन समितिमा पठाउने तयारी रहेको जानकारी गराउनु भयो ।

सदनमा उक्त प्रस्तावमाथि सांसदहरुले बोल्ने क्रम सकिएपछि मंसिर १४ गते नै बैठकमा उठेका विषयवस्तुलाई समेटेर प्रस्तावलाई व्यवस्थापिका–संसद् मातहतको महाभियोग सिफारिस समितिमा पठाइने तयारी रहेको भर्तीको भनँई थियो ।

यस्तै घर्तीले सरकारले संबिधान संसोधनका बिषयमा दलीय सहमती आवश्यक रहेको भन्दै सबै दललाई एक ठाउमा उभिन पनि आग्रह गर्नुभयो ।

उहाले राजनैतिक दलबीच सहमतीको प्रयासका लागी आफुले पनि पहल गर्ने बताउनु भएको थियो ।

आफ्नो रुस भ्रमण पनि उपलब्धी पूर्ण रहेको सभामुख घर्तीले बताउनु भयो । ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घर्ती गत आइतबार रुस जानु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...