Loading...

मधेसी दललाई केपि ओलीको प्रश्न , माधव नेपाल के अब सोलु जाने ?

बारा , ११ मंसिर ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहाड मधेस छुट्याएर देशद्वन्द्व तर्फ लान खोजेको आरोप लगाउनु भएको छ ।

निजगढमा आज आयोजित नगर कमिटी प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले मधेश केन्द्रित भन्ने दलले नै मधेश र मधेसी जनताको विकास नचाहेको बताउनु भयो ।

मधेशको विकास गर्न नचाहने शत्तिले अहिले आफ्नो स्वार्थका लागी संबिधान संसोधनको माग राखेको भन्दै ओलीले मधेसमा धेरै योजना ल्याउने एमालेलाई दोष दिएर उम्कने प्रयास गरेको बताउनु भयो ।

‘मधेसवादी दलले पूर्व–पश्चिम राजमार्ग विस्तारदेखि रेल चलाउने, हुलाकी मार्ग बनाउने, फास्टट्रयाक तथा निजगढ अन्तर्रा्ष्ट्रिय विमान स्थल बनाउने जस्ता विकासको कुरा नगर्नुको पछाडि ठुलो स्वार्थ लुकेको बताउनु भयो ।

उहाले सरकारले पनि देश र जनतालाई अन्योलमा राखेर केटाकेटी जस्तो रडाको मचाएको आरोप लगाउद यस्तो कार्यले देशमा अस्थिरता बढेको बताउनु भयो ।

सरकारको नेतृत्व गर्ने नेताले नै प्रदेश छुट्याउने नाममा देशलाई टुक्राउने र अस्थिरतामा लान भयानक षड्यन्त्र गरिरहेको आरोप लगाउदै ओलीले भन्नुभयो , ‘राजेन्द्र महतो भन्दा माधव नेपाल मधेसको पुरानो बासिन्दा हुन् । माधव नेपाल के अब सोलु जाने ?’

संबिधान आवश्यकता अनुसार संसोधन गर्न सकिने भन्द्यै उहाले अहिले संविधान र बजेट कार्यान्वयनतर्फ ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...