Loading...

नयाँ शत्तिले ५ बर्षमा नेपालबाट गरिबी निवारण गर्छ : भटराई

मोरङ, मंसिर ११ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालबाट अबको पाच बर्षभित्र गरिबी उन्मुलन पार्ने दाबी गर्नुभएको छ ।

अहिले सम्म सबै राजनितिक दल राजनैतिक परिवर्तनका लागी लडेको भन्दै भट्टराईले नयाँ शक्तिले भने मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माणको अभियान चलाउने बताउनु भयो ।

मोरङको हसन्दहमा नयाँ शक्तिको गाउँ समितिले सञ्चालनमा ल्याएको दूध डेरीको आज उद्घाटन गर्दै भट्टराईले हरेक नागरिकलाई सक्षम बनाउन व्यावसाय तथा उद्योगको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग धन्दा ,तथा सामुहिक व्यावसायले आर्थिक उपार्जन बढ्ने र एकैपटक धेरैले रोजगारी पाउने भएकाले अब आफ्नो पार्टी आर्थिक क्रान्ति तर्फ लाग्ने बताउनु भयो ।

मुलुकमा पाँच वर्ष्भित्र गरिबी निवारण गर्ने, १० वर्ष्भित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्ष्भित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेकोको भट्टराईको भनाई छ ।

नयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजानेमा संका नगर्न पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...