Loading...

संबिधान संसोधनमा सहयोग गर्न एमालेलाई सिंहको आग्रह

काठमाडौ ,११ मंसिर ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहमता र तिक्तताबाट समस्याको समाधान नहुने भन्दै संबिधान संसोधनमा सहयोग गर्न सबै दलसँग आग्रह गर्नुभएको छ ।

राजधानीको बुद्धनगरमा आज आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले संविधान संशोधन गर्ने दायित्व संविधान जारी गर्ने सबै दलको भएकाले एक भएर प्रस्ताव लैजानुपर्ने बताउनु भयो ।

संविधान कार्यान्वयन गर्न पनि संविधान संशोधन आवश्यक रहेको तर्क गर्दै उहाले संविधान संशोधन गर्दा राष्ट्रघात नहुने बताउनु भयो ।

अबको चार महिनामा तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको भन्दै उहाले त्यसकालागि पनि संविधान संशोधन गरी संविधान कार्यान्वयन गर्न आवश्यक रहेको दोहोर्याउनु भयो ।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न पनि कांग्रेसले नै अग्रसरता दिनुपर्नेमा नेता सिंहको जोड छ ।
सरकारले प्रक्रिया नलम्ब्याई संविधान संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने भन्दै उहाले प्रमुख प्रतिपक्षी दल एमालेलाई समेत संविधान संशोधनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...