Loading...

क्यास्ट्रो : जसले लाल झण्डा कहिले झुक्न दिएनन….

सिर्जना तिम्सिना

चरम कम्युनिष्ट विरोधी अमेरीकी साम्राज्यवादको छेउमा बसेर ५ दशक भन्दा बढी उनले क्युवामा सत्ता चलाए । समाजवादमा आधारीत कम्युनिष्ट सत्ता सञ्चालनमा उनलाई जनताको ठूलो अपार सहयोग थियो । तीनै व्यक्ति जसलाई संसारका कम्युनिष्टहरुले कुनै न कुनै रुपमा सम्मान गरीरहेका हुन्छन् उनको ९० बर्षको उमेरमा शनिबार निधन भएको छ । अहिले उनलाई सामाजिक सञ्जाल र कुनै पनि सूचनाको माध्यमबाट संसारभरबाट श्रजाञ्जली व्यक्त भईरहेको छ । आखिर को थिए क्याष्ट्रो ? कसरी उनले सत्ता कब्जा गरे र लामो समय चलाए ? उनले अमेरीकासगँ कसरी टक्कर लिए ? यी धेरै विषयहरु जानकारीमा छैन दुनियाका मानिसहरुलाई । उनी त्यस्ता नेता हुन् जसले कम्युनिष्ट राज्यहरु ढल्दै गएका बेला, अमेरीकाले कम्युनिष्टहरुलाई कमजोर पार्न संसारभर प्रयास गरीरहेको बेला अमेरीकालाई निरन्तर चूनौती दिए र लाल झण्डा कहिले पनि झुक्न दिएनन् ।
फिडेल अलजान्दो क्यास्ट्रो रुज पूरा नाम रहेका उनको जन्म जुन १९२६, १३ अगष्टमा भएको थियो ।  उनी विवाह पूर्वको सम्बन्धबाट जन्मिएका थिए । उनकी आमा लिना क्यास्ट्रोको सेविका थिईन् र उनीहरुको शारीरीक सम्बन्धबाट क्यास्ट्रोको जन्म भए पछि मात्रै उनका पिताले लिनालाई बिबाह गरेका थिए । उनी धनी किशान परिवारमा जन्मिएका हुन् ।
सेटियागोको क्याथोलिक स्कुलमा पढेका उनी उच्च शिक्षाको लागि हवाना पुगेका थिए । तीव्र र उत्तेजक भाषण गर्ने क्षमता भएका कारण हवाना विश्व विद्यालयमा पढ्दा पढ्दै उनी राजनीतिक कार्यकर्ता बने । सन् १९४० मा उनको विद्यार्थी कालको यो भाषण सुन्न हजारौ युवा  र नागरिकहरु जम्मा हुने गर्दथे । उनी कानुनका विद्यार्थी थिए ।

सत्ता ढाल्ने युवा
पढ्दा पढ्दै सक्रिय राजनीतिमा आएका युवा नेता क्यास्ट्रोले सरकार विरुद्ध अभियान थाले । तात्कालीन राष्ट्रपति रेमनमाथि भ्रष्टाचार आरोप थियो । त्यति बेला सरकार विरुद्ध हिंस्रक प्रदर्शन शुरु भएको थियो र प्रहरीले उनलाई निशाना बनाउन थालेको थियो । उनले डोमिनिक गणराज्यका दक्षिण पन्थी नेताहरु विरुद्ध समेत आक्रोस पोखिरहेका थिए । उनले दक्षिणपन्थीहरुको राफेल नेतृत्वको यस गणराज्यको सत्ता फ्याक्न प्रयास गरे पनि अमेरीकी हस्तक्षेपका कारण संभव हुन सकेन ।
उनले माक्र्सवादको अध्ययन गर्दै त्यस तर्फ झुकाब बढाउदै देशको समस्याको मुल जरो अनियन्त्रित पूजीवाद भएको र यसलाई हटाउन जनक्रान्ति गर्नु पर्ने भन्दै अभियान चलाउदै अघि बढे । लयरमा स्नातक गरे पछि उनले वकिलको काम गर्ने प्रयास पनि शुरुमा गरेका थिए । उनलाई साथीहरुको क्रृण लागेको थियो बस्न खान हवानामा ।  उनी निरन्तर हिशात्मक आन्दोलनमा सामेल हुदै गए ।  यही बखत १९५२ मा क्युवामा तानाशाह बतीस्ता फुलखेसियोले सैन्य विद्रोह गरी सत्ता हातमा लिए , जसले गर्दा राष्ट्रपति कार्लोस प्रियोले सत्ता छाड्न बाध्य भए । तानाशाख फुलखेसियोको अमेरीकासगँ घनिष्ट सम्बन्ध थियो ।

castro-2
उनले समाजवादी संगठनहरुमाथि दमन शुरु गरेका थिए । यसो भए पछि क्यास्ट्रोले द मुभमेन्ट नामक संस्था बनाएर भूमिगत तरीकाले आन्दोलन शुरु गरे ।
यही समयमा उनले १९५३ को जुनमा मोकाडाको सैन्य ब्यारेकमा शसस्त्र आक्रमण गरेका थिए तर यो हमला सफल हुन सकेन र थुप्रै क्रान्तिकारीहरु मारिएका थिए ।
त्यस पछि क्यास्ट्रो पक्राउ परे १५ महिनाको जेल सजाय तोकिएको थियो तर उनलाई ४ महिना ढिलो गरेर रिहा गरियो । उनलाई यस्तो संकट आयो कि जेलमा आफू सजाय भोगीरहेका बेला श्रीमतिले सम्बन्ध बिच्छेद गरीन् । जेलमा उनी दिन रात माक्र्सवादी साहित्य पढीरहेका हुन्थे ।     यहीबेला जेलबाट निस्किए पछि  क्यास्ट्रो मेक्सिको गए । मेक्सिकोमै उनले जोशिला क्रान्तिकारी चे ग्वेभारासगँ भेटे । सन् १९५६ मा उनले ८१ जना शसस्त्र युवाहरु लिएर क्युवा फर्किए । जसान चे ग्वेभारा समेत सामेल थिए ।  त्यस पछि उनले भीषण छापामार युद्ध थाले र  ३ वर्ष पछि नै शसस्त्र विद्रोह गरी सत्ता कब्जा गरेर कम्युनिष्ट शासन लागू गरे ।
उनले सत्ता लिए लगत्तै पूजीवादी पार्टीका नेता कार्यकर्तालाई जेल हाल्न थाले । कैयौलाई श्रम शिविरमा राखियो । कति मध्यम वर्गका मानिसहरु पलायन भए ।
तर उनले गरीबहरुलाई जमिन वितरण गरे र अमेरीकी व्यवशायीहरुको सबै सम्पत्तिलाई राष्ट्रियकरण गरिदिए । जसको बदलामा अमेरीकाले क्युवामाथि आर्थिक प्रतिवन्ध लगायो ।

castro-3
अमेरीकाको विरोध र रुसको समर्थन
अमेरीकी समर्थन सत्ता ढले पछि र अमेरीकी व्यापारीहरुको सम्पत्ति जफल गरिए पछि अमेरीकाले क्युवामाथि प्रतिवन्ध लगाएको थियो ।
यो बेला क्युवा शीत युद्धको मैदान बन्यो । अमेरीकाको विरोधका बीच सोभियत संघले क्युवालाई समर्थन गर्यो र एउटा सम्झौता समेत भयो ।
अमेरीकाले कम्युनिष्ट सत्तालाई पल्टाउन जेलमा रहेका कैदीहरुलाई मिलाएर ससस्त्र सेना बनाईरहेको थियो । अमेरीकाको सबै भन्दा ठूलो शत्रु बनेका क्यास्ट्रोको हत्या गर्न अमेरीकाले सिआईएलाई पूरै जिम्मा दिएको थियो । सिआईएले क्यास्ट्रोको कपडामा बम लगाउने जस्ता ठूला षड्यन्त्र र डिजाईनहरु गरेको थियो क्यास्ट्रोको हत्याका लागि ।  यसैबेला क्युवामा समाजवादी सत्तालाई सहयोग पुर्याउन सोभियत संघले लगानी गरीरहेको थियो ।
माक्र्सवाद विनाको साम्यवाद
उनले सत्ता कब्जा गरे पछि भनेका थिए , देशमा माक्र्सवाद या कम्युनिष्ट समाजवाद लागू भएको छैन भनेका थिए । देशमा सबैको प्रतिनिधित्व हुने लोकतन्त्र रहेको भन्दै उनले कम्युनिष्ट पद्धतिमा शासन गरेका थिए । यस पद्धतिको पनि कतिपय टिप्प्णीकारहरु आलोचना गर्दछन् । श्वास्थ्य व्यवस्था यति राम्रो भयो कि बाल मृत्युदर विकसित मुलुकहरुकै तुलनामा रहेका थिए । एउटा फरक क्यारेबियन साम्यवादको रुपमा त्याहा स्वाधीन अर्थव्यवस्थाको विकास गरियो ।

विदेशी क्रान्तिकारीका लागि सैन्य सहयोग

क्यास्ट्रोले मोजाम्बिक सहित विभिन्न अफ्रीकी देशरुमा माक्र्सवादी छापामारहरुका लागि सहयोग पुर्याउन सेना पठाए । अंगोला र मोजाम्बिकका विद्रोहीहरुलाई समर्थन गरे । यसले क्युवालाई आर्थिक रुपमा क्षति हुन पुगेको थियो ।

धनीकी छोरीले दिईन धोका  
सन् १९४८ मा एक धनी नेताकी छोरी मिर्ता डियाज बालार्टसगँ बिबाह गरे । त्यस पछि के चर्चा भएको थियो भने अब क्यास्ट्रो कुलिन बर्गमा प्रवेश गर्ने छन् । तर त्यसको विपरीत उनले आफू र श्रीमतिलाई तीव्र रुपले माक्र्सवादी बनाउदै लगे । पछि जब क्यास्ट्रो जेल परे त्यस पछि श्रीमतिले सम्बन्ध बिच्छेद गरेर हिडिन् ।
समग्रमा क्रान्तिको समयमा भन्दा पछिल्ला दिनहरुमा निकै विनम्रताका साथ अघि बढे । देशको समृद्धि गराए र लोकप्रिय नेताको रुपमा लामो समय सत्ता चलाए र अन्ततः ९० वर्षको उमेरमा धर्तीबाट बिदा भए ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया

Loading...