Loading...

लाइन मर्मत पछि ललितपुरमा विद्युत सुचारु

काठमाडौं ,मंसिर ११ ।
सव स्टेशन लाइन मर्मत पछि ललितपुर क्षेत्रमा पुन बिद्युत सुचारु भएको छ ।

पाटन स्टेशन अन्र्तगत सव स्टेशनको ६६ केभी लाइन मर्मत सकिएपछि अहिले बिद्युत सुचारु भएको काठमाण्डौं ग्रीड महाशाखाका प्रशासन प्रमुख यादवराज घलेले जानकारी दिनुभयो ।

यसअघि सव स्टेशन लाइन मर्मतका कारण मध्यान्ह १२ देखि २ बजेसम्म दुई घण्टा विद्युत अवरुद्व भएको थियो ।

राजधानीलाई लोडसेडिङ मुक्त बनाउने अभियान शूरु गरेसँगै प्राधिकरणले विभिन्न शवस्टेसन मर्मत गर्ने कार्यलाई पनि तिब्रता दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...