Loading...

सरकारद्धारा अनसनरत केसीसँग वार्ता गर्न समिति गठन

काठमाण्डौ ,११ मंसिर ।
सरकारले अनसनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा र स्वास्थ्य सचिव रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनसनमा बस्नुभएक केसीसँग वार्ता गर्न शिक्षा मन्त्रीस्तरको निर्णयबाट वार्टा टोली गठन गरिएको हो ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले केसीसँग आजबाटै वार्ता सुरु गरिने बताउनु भएके छ ।

उता , चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले पनि आजैबाट लागुहुने गरि एमबीबीएस र बीडीएसको शुल्क घटाएको छ ।

चिकित्सा शिक्षा सुधारका लागि गठित माथेमा आयोगको प्रतिवेदनअनुसार सरकारले एक वर्षअघि नै शुल्क घटाएको थियो ।
एमबीबीएसका लागि उपत्यकामा ३५ लाख, उपत्यकाबाहिर साढे ३८ लाख र बीडीएसका लागि साढे १७ लाख शुल्क कार्यान्वयन गर्न परिपत्र गरिसकेको चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केपी सिंहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...