Loading...

पाकिस्तानलाई नेपालले ४८ रनको चूनौती दियो

काठमाण्डौं मंसीर ११ । थाईल्याण्डमा शुरु भएको एसीसी महिला क्रिकेट प्रतियोगीता २०१६ को पहिलो खेलमा नेपालले पाकिस्तान विरुद्ध कमजोर प्रदर्शन गर्दै ४८ रनको चुनौती दिएको छ ।
टस जीतेर पहिले व्याटीङ गरेको नेपालले १८.१ ओभरमा अलआउट हुदै मात्र ४७ रन जोड्न सक्यो । नेपालले दिएको लक्ष्य विरुद्ध पाकिस्तानले केही बेरमा जवाफी व्याटीङ गर्दै छ ।

नेपालका लागि रुबीना क्षेत्रीले अविजित सर्वाधीक ११ रन जोड्नु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । नेपालका ३ खेलाडी शुन्य रनमै पेभिलियन फर्किएका थिए । ज्योती पाण्डे र ईन्दु बर्माले समान ८ रन जोडे भने करुणा भण्डारीले ६ रन जोड्नि । यसै गरी निरा राजोपाध्याय २, सरीता मगर १ रन बनाएर आउट भईन् ।
नेरी थापा, सिता राना मगर, सरस्वती कुमारी शुन्य रनमा पेभिलियन फर्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...