Loading...

दोलखाकी रितिका जीरेल सांगीतीक क्षेत्रमा जम्दै, म्युजीक भीडीयो देखी गायन सम्म

दोलखाकी जीरेल सांगीतीक क्षेत्रमा जम्दै, म्युजीक भीडीयो देखी गायन सम्म
घरमा रेडीयोमा गीत बज्यो कि ढोका थुनेर नाचीहाल्ने । अनि तीनै गीतसंगै आफ्नो आवज मिसाउदै गीतमै भुलि दिने । थाहा थिएन अनि कुनै त्यस्तो सोचाई पनि थिएन आजको दीनमा आएर नेपाली सांगीतीक क्षेत्रमा एउटा परीचय बनाउछु भनेर । तर जीबनमा त्यही भईदिदो रहेछ जुन कुरा हामी निस्वार्थ रुपमा निरन्तर लागीरहन्छौ ।

त्यसैले दिन्छ एउटा परिचय त्यसैले दिन्छ एउटा काम अनी काम सँगै जोडीने नाम दाम र माम । आज तीनै बालीकाको संगीत प्रतीको लगाबले उनलाई एउटा परिचय मिलेको छ एउटा छुटै जीबन मिलेको छ । र अझै पनि उनी संगीतमा आफ्नो बलीयो भबिष्य खोज्दैछिन । बलियो परीचय खोज्दैछीन आफ्नो मात्र नभई आफ्नो गाँउ ठाँउको पनी ।

उनी हुन दोलखाकी रीतीका जीरेल । बुबा धनबाहादुर जीरेल र आमा माया जीरेलकी कान्छी छोरीको रुपमा जन्म लीन पुगेकी जीरेल सानैदेखी संगीतका झुकाब राख्थीन । विभिन्न सांगीतीक कार्यक्रमहरुमा  भ्याए सम्म आफुले थाहा पाए सम्म सहभागी हुन्थीन । स्कुलमा कति पटक सरहरुले गाली पनी गर्थे अनी पढ्नु सढ्नु छैन खाली के के हो के के भन्दै अनी कहीले माया पनी गर्थे रे उनले हामीलाई सुनाएको कुरा ।
आज त्यही लगाबले त्यही झुकाबले जीरेल बीगत ३ बर्ष अगाडीबाट औपचारीक रुपमा नेपाली सांगीतीक क्षेत्रमा पुर्ण जीबन बीताउन सफल भएकी छन् ।
म्युजीक भीडीयोमा अभिनय  संगै गायन मा प्रबेश गरेकी जीरेल ले करीब २ दर्जन म्युजीक भीडीयोमा आफ्नो अभीनय कला देखाईसकेकी छीन । जसमा अन्जु पन्त र स्वरुप राज आचर्यको स्वर रहेको मैले तीमीलाई चीन्न सकीन गीतबाट अभीनय सुरु गरेकी जीरेल तीम्रो आखैमा गीत सगै करीब २ दर्जन गीतमा अभीनय गरेर दर्शकलाई मन्त्रमुग्न पारीसकेकी छीन ।
म्युजीक भीडीयोमा अभीनय गर्दा गर्दै नजीकका साथीभाई र सहकर्मी संगीतकर्मीको सल्लाह सुझाब र प्रेरणाले उनले गाएनमा पनी करीब १ बर्ष अगाडीबाट कम्मर कसेर लागेकी छीन । बीशेष गरी लोकगीत राष्ट्रीय गीत आधुनीक पप सबै बीधाकी गीतमा उत्तीकै न्याय गरेर गाउन सक्ने जीरेलले आफुलाई नेपाली सांगीतीक क्षेत्रमा भर्सटायल गायीकाको रुपमा  आफ्नो परीचय बनाउदै छिन् ।
नेपाली सांगीतीक क्षेत्रको बजार खस्कदो अबस्थामा रहेको समयमा पनि दिल खोलेरै लागेकी जीरेलको आटलाई देखेर कतिपय उनका सांगीतीक साथीहरु पनी छक पर्छन्। उनले भनिन् तर म चाडै खाउ चाडै मरौ भन्ने स्वाभाबकी केटी होईन मलाई विश्वास छ एक दिन मलाई यही क्षेत्रले विश्वसामु चिनाउनेछ अहिले पनी मलाई एउटा छटै पहिचान दिएको छ । म सन्तुष्ट छु ।

हाल उनी आफ्नो पछिल्लो गीत सर्बस्व सुम्पे तिमलाई को प्रमोसनमा लागेकी छिन् । । जसमा दिनेश आशुको शब्द संगीत र राम कार्कीको संगीत संयोजन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...