Loading...

अन्य दलहरुसँगको छलफलपछि मात्र संविधान संशोधनबारे धारणा तय गर्ने माओवादीको निर्णय

काठमाडौ ११ मंसिर ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले अन्य दलहरुसँगको छलफलपछि मात्र संविधान संशोधनबारे आफ्नो धारणा तय गर्ने भएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको पार्टी हेडक्वाटर बैठकले दलहरुसँगको छलफल पछि मात्र पार्टीको आधिकारिक धारणा तय गर्ने निर्णय गरेको हो ।

त्यसका लागि संविधान संशोधन विधेयक दर्ता अघि र पछि दलीय छलफल गर्ने निश्कर्ष निकालेको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी लगायतका नेताले प्रदेश सीमांकन हेरफेर गर्न नुहने तर्क गरेपछि माओवादीले साझा धारणा तय गर्न अन्य दलसँगको छलफललाई पनि जारी राख्ने निर्णय गरेको छ ।

बैठकमा संगठन सृदृढिकरणको बिषयमा समेत छलफल भएको छ । सचिवालय, स्थायी, पोलिटब्युरो लगायत बिभिन्न बर्गिय संगठनलाई पूर्णता दिने बिषयमा छलफल भएपनि निर्णय भने हुन बाँकी रहेको सापकोटाले बताउनुभयो । यस विषयमा थप छलफल गर्न आजै दिउँसो एक बजे केन्द्रीय कार्यालयको बैठक पुनः बस्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...