Loading...

संविधान संशोधन भन्दा पनि कार्यन्वयन प्राथमिकता : खनाल

काठमाडौ ११ मंसिर ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान संशोधन नभई कार्यान्वयन रहेको बताउनु भएको छ । उहाँले सरकारले संशोधन गर्ने भन्दै अगाडि सार्न खोजिएको प्रस्ताव प्रति एमालेको सर्मथन नरहने प्रष्ट पार्नु भयो ।

प्रेस चौतारी नेपाल पर्साले आज बिहान वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले संविधान संशोधनको औचित्य प्रष्ट पार्न नसकेकाले आफ्नो पार्टीले प्रस्तावलाई सर्मथन नगर्ने बताउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले मधेसी मोर्चाले समेत स्वीकार नगरेको अवस्थामा हुन लागेको संविधान संशोधनको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

लोकतन्त्र, समानता, अग्रगामी, मौलिक हक लगायतका उत्कृष्ट व्यवस्था भएको संविधानको रक्षा गर्नु जरुरी रहेको नेृता खनालको भनाई छ ।

उहाँले संविधानले हिमाल, पहाड, तराई तथा मधेसी, पहाडी, आदिबासी सबैलाई एउटै मालामा उनेको चर्चा गर्दै यस्तो माला मुर्झाउन दिन नहुने तर्क गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...