Loading...

नेकपा माक्र्सवादीका अध्यक्ष ज्ञावलीको निधन

काठमाडौ ११ मंसिर ।
नेकपा माक्र्सवादीका अध्यक्ष माधव ज्ञावलीको ८१ वर्षको उमेरमा गएराति निधन भएको छ । लामो समयदेखि मृगौला र मुटुरोगको समस्याबाट पिडित उहाँको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

वामपन्थी आन्दोलनमा लामो समयदेखि सक्रिया उहाँको केहीदिन अघि भारतको लखनाउमा समेत उपचार गरिएको थियो । ज्ञावलीको आजै दिउँसो राप्ती नदीमा अन्त्यष्टी गरिने पारिवरिक स्रोतले जनाएको छ ।

पश्चिम नेपालमा २०४९ सालमा माले माक्र्सवादीको एकिकरणपछि असन्तुष्ट बन्नु भएका उहाँ लगायतका नेताहरुले नेकपा माक्र्सवादीको पुनरगठन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...