Loading...

सभामुख घर्ती आज स्वदेश फर्किदै

काठमाडौ ११ मंसिर ।  

करिब एक साताको भ्रमण सकेर सभामुख ओनसरी घर्ती आज स्वदेश फर्कदै हुनुहन्छ । उहाँ अपरान्न ३ बजे काठमाडौ आइपुग्नु हुने सभामुखका प्रेससल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घर्ती गत आइतबार रुस जानु भएको थियो । त्यहाँ रहनु हुदा उहाँले रुसी सरकारी अधिकारीसँग भेटघाट गर्नुका साथै रुसी संसदको अवलोकन समेत गर्नुभएको थियो ।

साथै उहाँ त्यहाँस्थित एनआरएनद्धारा आयोजना गरिएको कार्यक्रममा समेत सहभागी हुनु भएको थियो ।

संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएके महाअभियोग प्रस्तावमाथि छलफल जारी रहकै समयमा सभामुख घर्ती रुस जानुपर्ने भएपछि संसद बैठक आगामी १४ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...