Loading...

पत्रकारले भ्रष्टाचारीको पक्षमा लेख्ने ?

 काभ्रेको तिमाल क्षेत्रमा पर्ने सर्स्युखर्क गाविसमा रहेको जनचेतना माविको भवन निर्माणमा लाखौं भ्रष्टचार भएको समाचार बिभिन्न अनलाइन मिडियामा प्रकाशित भए पश्चात उक्त बिद्यालय निर्माणको बाँकी काम अन्यौलमा परेको छ, विभिन्न विदेशी संघसंस्था, समाजसेवीहरु समेत सहयोगको पछि अन्योलता देखिएका छन । बिद्यालय ब्यवस्थापन समितीका पूर्व अध्यक्ष ईन्द्र अधिकारीले एमाले निकट प्रेस चौतारीका केन्द्रीय सहमहासचिव एवम राजधानी दैनिकका पत्रकार हिरामान तमाङलाई एक पक्षिय रुपमा प्रधानअध्यापक उमाकान्त त्रिपाठी बिरुद्द समाचार प्रकाशित गराए पछी उक्त बिबाद चरम उत्कर्शमा पुगेको हो । इन्द्र अधिकारी एमाले निकट भएकै कारण पत्रकारले बचाउ गरेको गाउँलेहरुले बताएका छन।।

एमाले निकट अधिकारीले नियोजित रुपमा पत्रकारलाई समाचार लेख्न लगाइ आफु भने चोखिने प्रयत्न गरिएको समाचारमा उल्लेख गरिएका तथ्यहरुले स्पस्ट पारेको छ । अभिभावकहरुले पूर्व ब्यवस्थापन समितीका अध्यक्ष ईन्द्र अधिकारीले भ्रस्टाचारको अभियोग एक पक्षिय रुपमा ब्यवस्थापन समितीका सदस्य सचिब तथा प्रधानअध्यापक उमाकान्त त्रिपाठीलाई लगाएर आफु उम्किन खोजेको आरोप लगाएका छन । अधिकारी केही महिना अघी सम्म बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष रहेका थिए । केही महिना अघी शिक्षा नियमावलीमा भएको परिवर्तन सँगै उनी स्वतह: अध्यक्षबाट बर्खास्त भएका थिए ।

स्रोतका अनुसार भुकम्पले भत्किएको उक्त बिद्यालय निर्माणमा ८७ लाख बजेट खर्च गरी जम्मा चार कोठाको भौतिक संरचना निर्माण गरिएको छ । भुकम्पले क्षतविक्षत भएको विद्यालयको भवन निर्माणका लागि विभिन्न दातृ निकाय र स्थानीयहरु हरिहर वास्कोटा, आशवीर लामा, निराजन थपलिया, ज्ञानध्वज लामा ‘उज्ज्वल’, सभासद केशव बडालको संसद विकास कोष, दोर्जे तामाङ, जिल्ला शिक्षा कार्यालय काभ्रे, जिल्ला विकास समिति काभ्रे, गाउँ विकास समिति सर्स्यूखर्क लगायतका निकायहरुबाट सहयोग उपलब्ध भएको थियो । विद्यालयको भौतिक संरचना निर्माणको लेखापरीक्षणमा खर्च गरिएको रुपियाँको हिसावकिताव पारदर्शी नभएपछि विद्यालयका अभिभावकहरुले हिनामिना भएको आशंका गरी गत आसोज १५ गते आयोजना गरिएको पहिलो अभिभावक सम्मेलन नै स्थगित गरेका थिए । सम्मेलन स्थगित भएपछि अभिभावकले अभिभावक संघका अध्यक्ष छत्रकुमार बास्कोटाको संयोजकत्वमा शिक्षक ध्रुवराज पाण्डे, स्थानीय दीपक बडाल र राजु तामाङ रहेको हिसाब छानवीन समिति निर्माण गरेका थिए । छनबिन समितीले आफ्नो प्रतिबेदन प्रस्तुत गरिसकेको छ जहाँ कतिपय प्रश्नहरु अनुत्तरित छन ।

यही बिचमा एमाले समर्थित ईन्द्र अधिकारीले आफुले पानी माथिको ओभानो हुनको निमित्त  एमाले समर्थित पत्रकार हिरामान तामाङलाई प्रयोग गरी भ्रस्टाचारको सम्पूर्ण आरोपहरु प्रधानअध्यापक त्रिपाठीलाई लगाएका छन । उक्त समाचार प्रकाशित भए पश्चात अधीकारी माथि थप शँका उब्जिएको एक अभिभाबकले बताए ।इन्द्र अधिकारीको कार्यकालमा  गाउँलेहरुले देखिने गरि गरेका उसको गल्ती र कमजोरी पत्रकारले खोजीनिती गरेर समाचारमा स्थान दिनु पर्थ्यो तर त्यो गरिएन।। जस्तै व्यवस्थापन अध्यक्ष भए पछी विद्यालयको खर्चमा इन्द्र अधिकारी अध्यक्ष भएकोमा बधाई भनेर जताततै पोस्टर पम्लेट टाँँस्नु यो गलत र फजुल खर्च थियो। यो पनि उस्को कार्यकालको सुरुवात मै एक किसिम को भ्रष्टाचार नै थियो। पुरानो विद्यालय माथी नयाँ जग खन्दा तला पट्टि विद्यालयको पुस्तकालय भवन पुरै पुरेको थियो, त्यो अपरेटर को गल्ती भए क्षतिपूर्ति तिराउनु पर्थ्यो नत्र अध्यक्षको नाममा पर्नुपर्ने पर्थ्यो तर त्यसो गरिएन!!

तामाङद्वारा प्रकाशित उक्त समाचारमा अधिकारीलाई बचाउदै त्रिपाठीलाई सम्पूर्ण दोश थुपारिएको छ । त्रिपाठीको कुनै पनि भनाइलाई स्थान दिएको छैन । भिडियोमा समेत त्रिपाठीको भनाइलाई काटिएको छ । ईन्द्र अधिकारीले बोल्दै गर्दा बर्तमान ब्यवस्थापन समितीका अध्यक्ष च्याङ्बा तामाङले अधिकारीले झुटो बोलेको भन्दै अबरोध गरेका थिए तर उक्त कुरा समेत समाचारमा स्थान दिएको  छैैन । समाचारमा राखिएको भिडियोमा ईन्द्र अधिकारीलाई सहयोग पुग्ने गरी अन्य ब्यक्तीले बोलेको र अधिकारीलाई लगाईएको आरोपहरुलाई लुकाईएको छ।। जुन भिडियो अहिले पनि जनचेतना मावि र शिक्षा कार्यालयमा सुरक्षित रहेको छ ।

त्यसैगरी सदस्य सचिब तथा प्रधानअध्यापक त्रिपाठीले निबर्तमान अध्यक्ष अधिकारीले ८४ हजार भन्दा बढीको बिल नदिएको बताएको आरोप लगाएका छन । तसर्थ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अधिकारीलाई बचाउ गरेर सदस्य सचिव तथा प्रधानअध्यापक त्रिपाठीलाई सबै दोष थुपार्नुमा अझ बढी शँकाले हेरिएको छ । उक्त समाचारमा आर्थिक छानविन समितिको सदस्यहरुको भनाइ समेत उल्लेख भएको छैन । ताकी सो भ्रस्टाचारबारे छानबिन समितीका सदस्यहरुले अधीकारी माथी समेत औलो ठड्याएका थिए ।

समाचार कतीसम्म नियोजित छ भने मन्त्री परिषदको निर्णय र नयाँ शिक्ष नियमावलीको कारण व्यवस्थापन समितीको अध्यक्षबाट बर्खास्त इन्द्र अधिकारलाई राजिनामा दिएको भनि लेखिएको छ जसले उक्त समाचार कुनै पनि हालतमा अधिकारीलाई बचाउने उद्देश्यले प्रेरित देखिन्छ । तथ्य भन्दा प्रेरित भएर समाचार लेखिनुले पत्रकारको बौद्धिक क्षमता पनि छर्लङ्गै देखिएको अभिभावकहरुको भनाइ रहेको छ ।

यत्ती सम्म कि इन्द्र अधिकारीले लगाएको आरोपलाई त्रिपाठीले खण्डन गरेर इन्द्र अधिकारीले ८४ हजार लगेर फरार भएको कुरा पुष्टि हुदा समेत पत्रकारले समाचार सम्प्रेषण नगरि एकोहोरो आरोपहरु त्रिपाठी माथि खन्याईरहेका छन । इन्द्र अधिकारीले ८४हजार त एकमुष्ट एकचोटी मात्र भनेको हो त्यो भनाइले लाखौ भ्रष्टाचार गरेको आशंका छ। स्कुललाई प्रती रोपनी  ३लाखमा जग्गा किनेर जग्गा धनी संगको मिलोमतोमा लाखौ भ्रष्टाचार भएको अनुमान स्थानीयले गरेको छ।

पत्रकारले ईन्द्र अधिकारीले भाषणको अन्त्यमा नयाँ ब्यवस्थापन समितीलाई समर्थन र सहयोग रहने कुरालाई बङ्याएर अभिभावकहरु सन्तुस्ट छैनन भनेर प्रेशित गरेका छन ।

विद्यालय भवन निर्माणको लागि जग्गा प्रति रोपनी ३ लाख तिरेको  थाहा पाए पछि समाजसेवी उज्वल लामाले प्रति रोपनी १ लाखको दरले ७,८ रोपनी किनि दिन्छु भनेर सार्वजनिक रुपमा बोल्दा उक्त समयमा व्यवस्थापन समितिको अध्यक्ष रहेका इन्द्र अधिकारि नजावाफ बनेका थिए । यदि उनले जग्गा लेनदेनमा भ्रष्टचार गरेको थिएनन भने उक्त कुराको खण्डण गर्न किन सकेनन ? अनि यो विषयमा पत्रकारले किन खोजीनिती गर्न सकेन ? प्रश्नहरु उठेका छन ।

साथै विद्यालयको सदस्य सचिवले भ्रष्टचार गरेको थाहा हुँदा पनि व्यवस्थापन समितिको अध्यक्षले अहिले सम्म सम्बन्धित निकायमा उजुरी नगर्नु र अहिले आएर पत्रकारलाई उभ्याएर एक पक्षिय समाचार प्रेशित गर्नुले अधिकारी माथि थप शँका उब्जेको छ । उनी आफु अध्यक्ष नहुने निश्चित भएपछि मात्रै उनले भ्रष्टचारको विषयमा कुरा उठाएको जानकारहरुको भनाइ रहेको छ । के इन्द्र अधिकारी नै अध्यक्ष भएको भए यो कुरा बाहिर आउँथ्यो त ? अहिले मात्र यसरी भ्रस्टाचारको कुरा बाहिर आउनुमा के छ कारण ? यो विषय पत्रकारले खोजिनिती गर्न जरुरी छ कि छैन ? “भ्रस्टाचारीलाई कारबाही गर्न हाम्रो पनि माग हो तर यस्तो बदियतपूर्ण र एकपक्षिय समाचार सम्प्रेषणको हामी खेद प्रकट गर्दछौ” ब्यवस्थापन समितीका एक सदस्यले भने ।

राज्यको चौथो अंग भएर निस्पक्ष समाचार प्रेशित नगरिकन एमाले कार्यकर्ता भएको आधारमा एउटा भ्रस्टाचारीलाई जोगाएर समाचार लेखिनु खेदपूर्ण छ । उनी पत्रकार तथा एमाले निकट प्रेस चौतारीको उपमहासचिव हुनु भन्दा पहिले पुर्व विद्यार्थी समेत भएको नाताले सत्यतथ्य खोजपूर्ण समाचार प्रेशित गर्नु उनको दायित्व हैन र ? के उहाँले यसरी भेदभावपुर्ण र नियोजित रुपमा मिडियामा सम्प्रेषण गरेर विद्यालय र गाउँको इज्जत बढायो कि घटायो ? के आफ्नो पार्टी निकटको मान्छे भएकै कारण इन्द्र अधिकारीलाई बचाउन खोज्नु कत्तिको ठिक हुन्छ ? स्थानिय अभिभावकको प्रश्न छ । हाम्रो उदेश्य कुनै भ्रष्टचारी बचाउ गर्ने हैन।

जो होस भ्रष्टचारी सबै खोरमा होस। मात्रै राजनीतिको आँँटमा मुख्य भ्रष्टचारीको संरक्षण नहोस भन्ने हो। पत्रकारले समाचार सम्प्रेषण गर्नु पहिले दुइपक्षिय कुरा बुझेर प्रकाशन गर्नु पर्थ्यो तर यसमा पत्रकारको नियतमा खोट देखेका छन।। इन्द्र अधिकारीले बोलेको भरमा कार्यक्रम नसक्दै उमाकान्त त्रिपाठीले भ्रष्टचार गर्यो भनेर रेडियोमा फुुक्नु घट्न सरासर नियोजित छैम भन्न सकिन्न। के आफ्नै गाउँ ठाउको विद्यालय जस्तो ठाउमा राजनीति गर्न हिरमानको पत्रकारिताको धर्मले दिन्छ? कुरा गम्भीर छ। उक्त प्रकाशित समाचारमा यो मुद्दालाई अख्तियार सम्म लैजाने  तयारी भनेका छन। यदि मुद्दा अख्ति्यार सम्म पुग्यो भने विद्यालयमा भएको भ्रष्टचारीहरु कोही बच्नेेवाला छैन। पत्रकारले मुद्दा अख्तियार सम्म लाने हिम्मत गर्छ कि गर्दैनन् यो भने आउने दिनहरुले देखाउने छ।।

अनिस तामाङ
जन चेेतना मावि काभ्रे, सर्स्युखर्क

यो लेखकको निजि टिप्पणी हो

यसमा तपाइको प्रतिक्रिया

Loading...