Loading...

माओवादी केन्द्रको हेडक्वाटर तथा पोलिटब्युरो बैठक बस्दै

काठमाडौ ११ मंसिर ।
पछिल्लो समय संविधान संशोधनमा देखिएको विवाद र भावी रणनिति तय गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज पनि बस्दैछ ।

सत्ता साझेदार नेपाली कांग्रेससँग हिजो भएको सहमति अनुसार माओवादी केन्द्रले आन्तरिक विवाद अन्त्य गरेर मात्र संशोधन विधेयक दर्ता गर्न भन्दै पार्टी हेडक्वाटर बैठक आह्वान गरेको हो ।

केहिबेरपछि प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बस्ने बैठकले संविधान संशोधन मस्यौदामा देखिएको विवाद अन्त्य गर्न पहल गर्ने प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो ।

कार्यलय सदस्य समेत रहनु भएका नेता टोपबहादुर राइमाझीले सार्वजनिक कार्यक्रममा नै प्रदेश नम्बर ५ को सिमांकन हेरफेर गर्ने सरकारी योजनाको विरोध गर्दै आउनु भएको छ ।

यस्तै आजै माओवादी केन्द्रको पालिटब्युरो बैठक पनि बस्दैछ । राजधानीको पेरिसडाँडास्थित पार्टी मुख्यलयमा अपरान्न ३ बजेपछि बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संशोधनमा विपक्षमा उभिएपछिको अवस्थाका बारेमा छलफल हुने जनाएको छ ।

सरकारले भोली दर्ता गर्ने तयारी गरेको संविधान संशोधन विधेयक पारितका लागि हरसम्भव प्रयास गर्ने तयारी गरेको माओवादी केन्द्रको पालिटब्युरो बैठकले अवश्यक रणनिति समेत तय गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...