Loading...

अमेरीका पछि हटे चीन अघि बढ्ला विस्वको नेतृत्व गर्न ?

प्रज्वल श्रेष्ठ

सन् १९९१ मा शीत युद्धको अन्त्य पछि अर्थात सोभियत संघको विघटन पछि अमेरीका विश्वको सबै भन्दा शक्तिशाली र नेतृत्व कर्ता मुलुकको रुपमा उभिएको थियो । सैनिक रुपमा नेटोको अगुवाई , आर्थिक अन्य धेरै मामलाहरुमा विश्वव्यापी रुपमा अमेरीकी नीतिको प्रभाव रहदै आएको छ । तर अहिले अमेरीकाको नेतृत्वमा परम्परावादी शक्ति रिपव्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचीत भए पछि उनले ठूलो आलोचना सहनु परेको छ । साथै उनले अघि सारेका विभिन्न आर्थिक तथा सुरक्षा नीतिले अमेरीकाको राष्ट्रवादलाई बढी प्राथमिकता दिएको छ । यसले अमेरीकाको ग्लोवल लिडरसिपलाई प्रभावित पार्न सक्छ । यस्तो अवस्थामा विश्वको दोस्रो ठूलो अर्थव्यवस्था सहित उदीयमान विश्व शक्ति चीनले यसको ठाँउ लिन्छ ? के उसले विश्वको नेतृत्व गर्न सक्छ ? चर्चा शुरु भएको छ अन्तराष्ट्रिय सञ्चार माध्यमहरु मार्फत ।

अहिले अमेरीकी नवनिर्वाचीत राष्ट्रपति देशको सिमानामा पर्खाल लगाउने कुरा गरीरहेका छन् । फ्रि ट्रेडको सम्झौता हटाउने कुरा गरीरहेका छन् र क्लाईमेट चेन्ज सम्बन्धि पेरिस सम्झौता लागू नगर्ने कुरा गरीरहेका छन् । यस्तै नेटोको औचित्यमाथि समेत ट्रम्पले प्रश्न उठाएका छन् । यसले अमेरीकाको ग्लोवल लिडरसिपमाथि प्रश्न उठेको छ ।
अर्कोतिर यसै समयमा हाम्रो असल छिमेकी मलुक चीनका राष्ट्रपति सि जिन पिगं र प्रधानमन्त्री लि ख छ्यागं अधिक समय विश्वका विभिन्न देशहरुको भ्रमण र सम्झौताहरु गर्न केन्द्रीत रहेको देखिन्छ । चीनीया राष्ट्रपतिले अहिले ग्लोवल गभर्नेन्सको कुराको रक्षा समेत गर्न थालेका छन् । यसको मतलव के हो भने अब चीनको चासो केवल ब्यापारमा मात्र छैन । उसले क्लाईमेट चेन्ज सम्बन्धि पेरिस सम्झौताको कार्यन्वयको कुरामा समेत जोड दिएको छ ।

निश्चय नै पनि अमेरीका र चीनले आफ्नो शक्तिको प्रयोग ग्लोवल रुलको विरुद्धमा गरीसकेका छन् । ईराक , साउथ चाईना सि लगायतका मामलामा सयुक्त राष्ट्रसंघको कदममा उनीहरुले शक्ति प्रयोग गरेका छन् । एक अर्ब ४० करोड भन्दा बढी जनसंख्या रहेको चीनका लागि अब विस्वव्यापी फ्रि टे्रड जरुरी छ , यस माथि हुने प्रतिवन्धको विपक्षमा चीन उभिनै पर्ने हुन्छ ,अन्यथा उसको निर्यात गिरावटका कारण अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पर्न सक्छ ।

सन् २०१४ मा अमेरीकी राष्ट्रपति बराक ओबामाले चीनलाई विश्वव्यापी मञ्चमा चीन फ्रि राईडरको रुपमा आएको कमेन्ट गरेका थिए । तर चीनले कुनै पनि आवस्यकता या बाध्यता जे सुकैले भए पनि सन् २०१४ मा एशियन ईन्फास्ट्राक्चर ईन्भेष्टमेन्ट बैंकको स्थापना र वान वेल्ट वान रोडको महत्वकाक्षी परियोजना अघि बढाउनुले पनि उसले दीगो र नेतृत्वदायी सोच अघि बढाएको तर्क गर्नेहरु पनि छन् ।

xi-jin-ping

यदी ट्रम्पले अमेरीकालाई ट्रान्स प्यासीफिक पार्टनरसिप ( टिपिपि)बाट पछि हटे चीनको अग्रसरता स्वतः वृद्धि हुने छ । जसमा १२ वटा प्यासीफिक राष्ट्रहरु छन् । यो बराक ओबामाले एशियामा शक्ति सन्तुलनका लागि भन्दै अघि बढाएको रणनीतिक कदम थियो । चीनले पनि एशियामा स्वतन्त्र व्यापारका लागि रिजनल कम्प्रिहेन्सीप ईकोनोमिक पार्टनरसिप ( आरसीईपि ) मार्फत अघि बढेको छ । जसमा एशियाका १४ र अष्टे्रलिया तथा न्युजील्याण्ड समेत संलग्न छन् । यदी टिपीपी अघि नबढेमा आरसीईपिले स्वत अग्रसर हुने मौका प्राप्त गर्ने छ । भियतनामले यस अघि नै टिपीपीबाट अघि जान नसक्ने बताएको छ भने मलेशियाले समेत आरसिईपीसगँ जोडिन ध्यान केन्द्रीत गरेको छ ।

टिपीपीको ठाउमा आरसिईपी अघि आए पनि त्यतिले मात्र विश्वको नेतृत्व गर्ने अवस्थामा चीनलाई पुर्याउदैन । चीनले विश्वका धेरै चूनौतीहरुको सामना गर्ने तयारी अझै गरीसकेको छैन । चीनका नीति विष्लेषक यानमेई सि ले विश्वको विकासमा आफ्नो जस पाईरहेको छ तर पनि अहिले अमेरीकालाई विस्थापित गर्ने महत्वकाक्षा या क्षमता नरहेको बताएका छन् । चीनको प्रशिद्ध पत्रिका ग्लोवल टाईम्सले चीन अमेरीकासगँ म्याच नखाने र विश्वको नेतृत्वको लागिमनावैज्ञानिक तयारी नरहेको टिप्प्णी गरेको छ ।

अहिले तर्क के शुरु भएको छ भने चीनले अमेरीकालाई विस्थापित गर्नु भन्दा पनि साझेदारी गर्नु बुद्धीमानी हुने छ । ग्लोवल गभर्नेन्सका लागि अमेरीका र चीनको सहकार्य आवस्यक छ । अमेरीकाको लिडरसिप विस्थापन रहित रहने छ, तर चीनको नेतृत्व विस्तार आमन्त्रित छ । ग्लोवल टाईम्सले लेखेको छ ।
तसर्थ, अहिले ट्रम्पले अन्तराष्ट्रिय जिम्मेवारीबाट पञ्छिदै गए भने चीनमाथिको आशाबादीता विस्वले वृद्धि गर्ने छ । अब चीनको सहायता र सहकार्य विना अमेरीकाले विश्वको नेतत्व गर्न मुस्किल पनि छ । त्यसैले स्थीरता र शान्ति अनि विकासका लागि दुबै शक्तिको सहकार्य जरुरी देखिन्छ ।
सन्दर्भः ग्लोवल टाईम्स, चीन , वासिङटन पोष्ट, अमेरीका , डन न्युज पाकिस्तान

यसमा तपाइको प्रतिक्रिया

Loading...