Loading...

मृतक घोषणा गरिएका विष्णुहरि भन्छन् ‘म जिउँदै छु’ न्याय चाहियाे

काठमाण्डौ , १० मंसिर ।
मृत्यु भईसकेका ब्यात्ति जिवित कसरी हुन सक्छन् , यो कसैले पत्याउन नसक्ने कुरा हो । तर शुक्रावार राजधानीमा मृत घोषित एक व्यात्ति आए र पत्रकार माझ भने म जिवितै छु ,यो खबर सबैलाई सुनाईदिन पर्यो ।

उनी हुन् तनहुँ निवासी विष्णुहरि गैरे । सम्पतिका लागि आफ्नैले जिउदै मारिदिदा रहेछन् उनले दुखेसो पोखे । राजधानीको मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफु जिउँदै रहेको भन्दै सम्पति हडप्न आफन्तले षड्यन्त्र गरेको बताएका छन् । आफु जिवितै भएपनि मृत्यु भएको भनि झुठ्ठो कागज बनाएर आफ्नै दिदिका छोराहरुले सम्पति हडपेको दाबी गरे ।

unnamedगैरेले जागीरको सिलसीलामा आफु भारत गएका बेला आफ्नै दिदिहरु बिष्णुमाया ढकाल र गौरीमाया पौडेलका छोराहरुले मिलेमतोमा सरकारी निकायमा मृत्यु भएको झुठ्ठा विवरण पेश गरी एउटा घर र २४ रोपनी जग्गा आफ्ना नाममा सारी बिक्री गरेको दाबी गरेका हुन् ।

विक्रम सम्बत् २०२८ सालमा आफु रोजगारीको सिलसिलामा भारत गएको र २०६३ सालमा फर्केर आउँदा आफु बस्ने घरसमेत अर्कैले विक्री गरेकाले आफु अन्यायमा परेको उनले बताए । ‘त्यसपछि म अड्डा अदालत पनि धाएँ’, उनले भने, ‘तर सबै यहाँ पैसावालाहरुकै बोलबाला चल्ने रहेछ, मैले न्याय पाउन सकिन ।’मुद्दाका क्रममा वकीलदेखि अमिनसम्मले आफुमाथि अन्याय गरेको उनले बताए ।

unnamed-1
‘वकिल कमलामोहन वाग्ले समक्ष पुगेको थिएँ’, गैरेले भने, ‘पुनराबेदनमा प्रतिवादी थाप्नु पर्दैन बहस गरेर मुद्धा जिताइदिने आश्वासन दिएका कमलामोहनले आर्थिक प्रलोभनमा परी मलाई झुक्याएर मुद्दा हराइदिए ।’

लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा न्यायका लागि यति धेरै धाउनुपर्दा आफु आजित भएको उनको भनाई थियो ।

साथै उनले आफुमाथि भएको अन्यायप्रति ध्यानाकर्षण गराउँदै न्याय दिलाउन सहयोग गरिदिन सबैलाई आग्रह पनि गरेका छन् ।

गरिबको न्यायमा पहूँच कहिले पुग्छ सरकार ?

देशमा राजतन्त्रको समाप्त भएर ‘जनताको शासन जनताले नै गर्न पाउने’ गरी लोकतन्त्र आएको छ । त्यही लोकतन्त्र स्थापनाका लागि सयौं नेपालीले प्राणाहूति गर्नुपर्यो । लोकतन्त्र प्राप्तिका लागि लड्दा कति बुवा आमा निसन्तान भए, कति सन्तान टुहुरा भए, कतिको सिउँदो पुछियो । नेपाली जनताको कठोर संघर्षपछि प्राप्त लोकतन्त्रको प्रदूर्भावपछि आफुअनुकुलको शासनव्यवस्थाको अपेक्षामा रहेका जनताले भने अहिले सम्म पनि लोकतन्त्र आएको महसुस गर्न पाएका छैनन् । जनताले अझै पनि कानून गरिब जनताको पक्षमा पनि हुन्छ भन्ने कुरा महशुस गर्न नपाएका हुन् । त्यसका ज्वलन्त उदाहरण हुन् तनहुँका विष्णुहरि गैरे, जो न्यायका लागि संघर्ष गर्दा गर्दै जीवनदेखि थाकिसके ।

जिल्ला तनहूँ माझकोट गाविस वडा नम्बर ९ का गैरेले न्यायका लागि देशमा रहेका विभिन्न संवैधानिक निकाय धाइसके तर पनि न्याय पाउन नसकेपछि उनले देशको कानून गरिबहरुलाई ‘समाउनकै’ लागि बनेको महशुस गरेका छन् । घरको पारीवारिक अवस्था कमजोर रहेका कारण बिष्णुहरी गैरे बि.स. २०२८ सालमा सम्पति कमाएर बावुआमालाई सुख साथ पाल्ने उद्देश्य बोकेर जागिरको शिलसिलामा छिमेकी मूलुक भारत तर्फ प्रस्थान गरे ।

unnamed
भनेजस्तो रोजगारी नपाएको र स्वदेश फर्कनका लागि पनि आर्थिक अवस्था नाजुक भएका कारण लामो समय सम्म बिष्णुहरी भारत मा नै बस्नु पर्यो । ४१ बर्ष लामो भारत बसाई पछि बिष्णुहरी २०६९ सालमा स्वदेश फर्किए । उनी स्वदेश फर्केर आफ्नो गाउँ गए, गाउँमा पुगेपछि उनले आफ्नो घर, जग्गाजमिन केही पनि नभएको थाहा पाए । पछि बुझ्दा बावुआमाका एक मात्र छोरा बिष्णुहरीको पैतृक सम्पति आफ्नै दिदीका छोराहरुले बिष्णुहरीको मृत्यु भइसकेको भन्ने झुठा विवरण बनाएर आफ्ना नाममा पारी बिक्री गरिसकेको थाहा भयो । आफ्नो बासबस्ने घर तथा जग्गा जमिन केही नभएपछि बिष्णुहरीले दिदीहरु समक्ष आफ्नो पैतृक सम्पति फिर्ता गर्न आग्रह गरे । दिदीहरुले सम्पती फिर्ता नगर्ने बताएपछि कानूनी उपचारका लागि बिष्णुहरी जिल्ला अदालत पुगे । जिल्ला अदालतले ५० प्रतिशत जग्गामा विष्णुहरिको हक लाग्ने फैसला सुनायो । त्यसपछि फेरी विपक्षीहरुले पुनरावेदनमा मुद्दा हालेर विष्णुले पाएको जग्गा फेरी आफ्नो नाममा पारे । आर्थिक अवस्था कमजोर भएका पुनरावेदनमा मुद्दा हार्नुपरेको उनले बताए । कानूनी उपचार नपाएका बिष्णुहरी गैरेले आफ्नो दुःखद यथार्थ बताएका हुन् ।

के भने त बिष्णुहरी गैरेले पत्रकार सम्मेलनमा ?
गरिब भएकै कारण आफूलाई अन्याय पर्दा समेत न्याय नपाएको भन्दै बिष्णुहरी गैरेले पत्रकारहरु समक्ष आफू अन्यायमा परेको र न्याय दिलाउन सहयोग गर्न अनुरोध गरे । पत्रकारहरु समक्ष आफ्नो कहानी सुनाउँदै बिष्णुहरीले भने–‘म २०२८ सालमा भारत गए, ४० बर्ष पछि २०६९ सालमा म घर फर्कदा मेरो बुवा २०३८ सालमा र आमा २०६३ सालमा स्वर्गवास हुनुभएको खबर पाएँ । अनि मेरो जायजेथा सबै मेरी जेठी दिदी बिष्णुमाया ढकाल र कान्छी दिदी गौरीमाया पौडेलका छोराहरुले मेरो मृत्यु भइसकेको र अंशियार नभएको भन्दै किर्ते जालसाच गरी आफ्नो नाममा पारेर बिक्री  समेत गरिसकेका रहेछन् ।’
त्यसपछि आफ्नो जायजेथा फिर्ता गर्न कानूनी उपचार तिर लाग्नु भएन त भन्ने पत्रकारहरुको प्रश्नमा बिष्णुहरी गैरेले भने –‘म जिल्ला अदालत देखि क्षेत्रिय अदालतसम्म पुगँे तर कहीँबाट पनि न्याय पाउन सकिन ।’ आफूले जिल्ला अदालत तनहूँमा जालसाची मुद्धा दायर गरको र अदालतले २०७१ जेठमा आधा सम्पती फिर्ता गर्ने भनि फैसाला सुनाएको तर, पुनरावेदन अदालतमा मुद्धा पुर्याएर आफूले जानकारी नै नपाइ मुद्धा डिसमिस बनाएको बिष्णुहरी गैरेको गुनासो थियो ।

आफ्नै वकिलले झुक्याए
आफ्नो सम्पती फिर्ता हुने आशमा न्याय खोज्दै बिष्णुहरी गैरे सर्वप्रथम जिल्ला अदालत, तनहूँ पुगे । जिल्ला अदालतले आधा सम्पति फिर्ता गर्न फैसला सुनायो । जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै बिष्णुहरीका विपक्षी पुनरावेदन अदालत पुगे । बिष्णुहरीले पुनरावेदन अदालत पोखराबाट तामेली भएको म्याद बुझे । पुनरावेदनको म्याद बुझेपछि प्रतिवादी लेखेर थाप्नका लागि आवश्यक राय सुझाव लिन उनका वकिल कमलामोहन वाग्ले समक्ष पुगे । वकिल वाग्लेले पुनराबेदनमा प्रतिवादी थाप्नु पर्दैन बहस गरेर मुद्धा जित्न सफल बनाइदिने आश्वासन दिएर आफूलाई उल्लु बनाएको बिष्णुहरीले वताए । आफूलाई मुद्धाबारे केहि जानकारी नभएका कारण वकिलले विपक्षीको आर्थिक मोहमा परी झुक्याएको वताए । वकिलले झुक्याए पछि पुनरावेदनमा प्रतिवादी थाप्न नगएका कारण नै बिष्णुहरीले मुद्धा हार्नु पर्यो । वकलिले समेत झुक्याए पछि थप कानूनी उपचारका लागि उनले नेपाल कानून व्यवसायी संघमा वकिललाई कारवाही गरिपाउँ भनि उजुरी गरे । पत्रकारहरुसंग दुःख व्यक्त गदै बिष्णुहरीले भने– ‘गरिब भएकै कारण मेरो उजुरीको सुनुवाई भएन ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको रसिद देखाउँदै बिष्णुहरीले भने ‘म न्यायका लागि धेरै ठाउँ पुगि सके तर न्याय पाउन सकेको छैन् ।’

यसमा तपाइको प्रतिक्रिया

Loading...