Loading...

भजनबादमा युवा राजनीति

प्रताप शर्मा

तेस्रो विश्व अन्तर्गतका राष्ट्रहरुमा बेरोजगारी, भ्रष्टाचार, कालोबजारी राजनैतिक अस्थिरता, सामाजिक द्धान्द्ध, हिंसा र आर्थीक संकट हुनु कुनै नौलो विषय होइन । यी समस्या र चुनौतीहरु बाट पाठ सिक्दै समाज रुपान्तरणका निम्ति बामे सर्न सक्नु नै राजनैतिक नेताको दुरदृष्टि हो । गरीब देशहरुमा युवालाई प्रयोग गर्न निकै सजिलो हुने कुरा अध्ययन अनुसन्धानबाट खुल्दै आएका छन् । २००७ सालको जनक्रान्ति पश्चात नेपाली समाज नयाँ  नयाँ परिस्थितीलाई झेल्दै व्यापक रुपान्तरणको दिशामा नै छ ।

उल्र्लदो जोश र बढ्दो उमेरका तन्नेरीहरुलाई राजनीतिमा कागतीको रस निर्चदा झै निचोरेर आफ्नो अभिष्ट पुरा गर्ने संकीर्ण मनस्थीति सम्पूण  राजनैतिक दलको संस्कारको रुपमा स्थापित भइसकेको छ । बदलिदो परिवेश सँगै नेपालमा धेरै पार्टिहरु स्थापित भइसकेका छन र मुख्य रुपमा संघर्ष र बलिदानबाट स्थापित पार्टी नेपाली कांग्रेस, एमाले र माओवादी नै हुन । के यीनै पाटीका भार्त संगठन समाज विकाश र रुपान्तरणका निम्ति कति क्रियाशिल छन त ? गुण्डागर्दी, जवरजस्ती चन्दा असुली र पार्टिको लडाकु दस्ता भन्दा पृथक रहेर यीनीहरुले काम गरेका छन त ? नेपाली समाजमा आफ्नो अस्तीत्व जोगाउन पनि युवाहरु यीनै प्रमुख पार्टी सँग नजोडिएर धर नै पाउँदैनन् । समाज र राजनीति यति अभिन्न छ कि सामजिक जीवन प्रभावित हुन पनि युवाहरु कुनै न कुनै पार्टीको पुच्छर बन्नै पर्ने      वाध्यात्मक परिस्थीति छ ।

हरेक पार्टी भित्र शक्तिशाली नेताको पुच्छर समाएर उसको भक्तिगान गाँउन सके आर्शिवाद र कृपा मिल्थ्यो भन्ने संकीर्ण मनस्थीतिको विकाश आजको युवा राजनीति गर्ने राजनैतिक कर्मीहरु मा यथावत नै छ । युवाहरुको मानसपटलमा राजनीति समाज सेवाका निम्ति होइन कि यो शक्ति र पैसाको निम्ति गरिन्छ भन्ने अवधारणा विकशित भएको देखिन्छ । युवाहरुमा अन्धभक्तवाद यसरी मौलाएर गयो कि सत्यतालाई स्वीकार्नै नसक्ने, झट नै सही र नेता प्रति बफादार हुनुपर्छ भन्ने यो आलो काँचो युवक मनस्थीति लाई राजनैतिक पार्टीका नेताहरुले व्यापक उपयोग गरेका छन तर युवा राजनीतिमा लाग्नुभएका साथीहरुले आफु दुरुपयोग भएको हेक्का नै राख्न सकेका छैनन । हामीलाई लाग्न सक्छ, नेपाली समाज राजनैतिक रुपमा सचेत छ तर यो होइन । यदि त्यो हुन्थ्यो भने हामी अन्धभक्तवाद, पुच्छरवाद र भजनवाद बाट अलग हुन्थ्यौ ।आज युवाहरुलाई नियालेर हेर्नुभयो भने, सचेत भनेका युवाहरु भ्जन गाइरहेको भेट्टिन्छन, त्यो दुर्भाग्य हो ।

आफ्नो क्षमता, दक्षता र विषय विशेषज्ञताले नेता बन्न कठिनाइ र जटिलताहरु नेपाली समाजमा यथावत नै छन् । ढुङ्गालाई भगवान मान्दै आकृति वर्णन गर्ने हाम्रो समाजिक र साँस्कृतिक चिन्तन, के साच्चै विकशित छ त ?दुई कप चिया र दुई प्लेट मम मा भजन गाउने हाम्रो राजनैनिक र नैतिक संस्कार , के साँच्चै उच्च छ त ?प्रयोगवादी राजनीतिमा युवाहरु मनव ढाल बनि प्रयोग भइरहेका छन । प्रश्न यहा नेर छ, कसरी नेपाली समाज राजनैतिक रुपमा विकशिल र परिष्कृत छ ? कसरी राजनैतिक चेतना स्तरको अभिबृद्धि भयो  ?हामी जुन सुकै युवा यो वा त्यो ढङ्गबाट प्रयोग भइनै रहेका छौ । भजन गाँउदै नेताहरुको जयजयकार गर्दा राजनीतिमा समाहित युवाहरुको बाँच्ने आधार के ? यो कुरामा राजनैतिक दलका नेताहरुको ध्यानपुग्न सकेको छ त ? विखन्डन गर अनि राज गर, प्रयोग गर अनि पयाकिँदेऊ, हाम्रो राजनैतिक मनस्थीति यहाँ नेर नै चुकेको छ । युवाहरु नेताको लगौटी समाउदै भजन गाँउन थालेपछि, कसरी हुन्छ सचेत खवरदारी ? यो देश यस्तो देश जहाँ ६५ वर्षको उमेरमा राजनैतिक कुण्ठाले कहि कतैबाट प्रायोजित भएपछि विकाशमा युवा भन्दै पार्टी खोल्ने विशिष्ट बुद्धिजिवी पनि यहाँ नै छन ।

सोझा साझा नेपालीयुवालाई झुठा सपना देखाउदै झण्डा बोकाउने हाम्रा पार्टीहरुले के साच्चै नेपाली समाजको परिवर्तन गर्ला त ?हाम्रा राजनैतिक पार्टीहरुमा राजनैतिक इमान्दारीताको अभाव छ । पार्टीहरु सच्चिदै इमान्दार नेता, कार्यकर्ताको पहिचान गर्दै राजनीतिलाई नयाँ मोडमा उभ्याउन जरुरी छ । हरेक पार्टी भित्र युवाहरुको सचेत खवरदारीले नेपाली समाज नयाँ ढङ्गबाट बढ्न सक्छ भन्ने मेरो बुझाई हो । युवाहरुको बाँच्ने आधारको निर्माण नै विकाशको ढोका हो । कृषि, पर्यटन, जलसंोत , जडीबुी र अन्य स्रोत र सम्भावनाको खोजी गर्दै स्रोत उत्खनन र परिचालनमा युवाहरुको सहभागिता गराउन सके, देश आफै विकाश हुन्छ । राजनैतिक दलहरुले धेरै पुजारीहरु उत्पादन गराउनु भन्दा असंख्य भक्तजन विकाशमा सर्मपित गराउन सके देशको मुहार आफै फेरिन्थ्यो । विकाशको राजनीतिमा युृवाहरुलाई गोलबन्द गर्न सबैै पार्टी सफल होऊन, यही शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया

Loading...