Loading...

अंगीकृतलाई प्रमुख पद दिने भनेर गलत हल्ला फैलाईयो : प्रधानमन्त्री

काठमाडौं , मंसिर १० । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको प्रमुख पदमा अंगीकृत नागरिक निर्वा्चित हुन नपाउने भन्दै यस विषयमा गलत हल्ला चलाईएको बताउनु भएको छ ।

कास्की जिल्लाको विकासनिर्माणका विषयमा प्रधानमन्त्रीलाई आज ध्यानाकर्षण गराउन आएको नेकपा(माओवादी केन्द्र)का प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले संविधान संशोधन भएपछि पनि अंगीकृत नागरिक मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका कुनै पनि पदमा निर्वा्चित हुन नपाउने स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्रीले नागरिकताका विषयमा अन्तरिम संविधानमा व्यवस्था भएको ‘कुनै विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि नेपालको अंगीकृत नागरिक हुन पाउने’ व्यवस्थालाई समावेश गरी संविधान संशोधनको प्रस्तावमा छलफल चलेको बताउनु भयो ।

सीमांकनका सम्बन्धमा विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोज्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भाषाका बारेमा पनि आयोगलाई अधिकार दिइने र राष्ट्रियसभाको प्रतिनिधित्वबारे भूगोल र जनसङ्ख्यालाई ख्याल गरेर प्रस्ताव तयार पारिने बताउनु भयो ।

भेटमा माओवादी केन्द्रका नेताले, पोखरा उपत्यका ताल संरक्षण प्राधिकरण गठन, पोखरा चक्रपथ, अन्तर्रा्ष्ट्रिय चिडियाखाना, प्रदेशस्तरीय बसपार्क, अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला, ढिकुरपोखरी पोलिटेक्निकल कलेज निर्माण लगायत सडक, पुल, शिक्षा, सिँचाइ, खानेपानी, भवन र पर्यटनसँग सम्बन्धित विकास योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...