Loading...

प्रहरी महानिरीक्षक अर्यालबाट नागरिक सहायता कक्षको उद्घाटन

चितवन, १० मंसिर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा स्थानीय जनताको सहयोगमा नवनिर्मित २ तले नागरिक सहायता कक्ष, सिसी क्यामेरा कक्ष र चमेना गृह समेतको शुक्रबार आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो । साथै उहाँले उक्त भवन निर्माण कार्यमा सहयोग पु¥याउने सहयोगी दाताहरुलाई प्रशंसापत्र समेत वितरण गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सेवाको विकल्प नरहेको अवस्थामा असल प्रहरी नै आजको आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी संगठनको इतिहासमा एकैपटक सिसी क्यामेरा र भवन निर्माणमा लागेको लागत जनताको तर्फबाट सबैभन्दा ठूलो सहयोग रहेको बताउनुभयो । सहयोगी मनहरुको यस सहयोगमा बनेको भवनबाट सेवा प्रवाह गर्दा जनताको पनि सहयोग गर्नुमा आफ्नो स्वार्थ हुन्छ भन्ने बुझेर जनसेवामा सर्वसुलभ एवं सहज पहुँच बिकास गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्यायले जनसहयोगबाट नागरिक सहायता कक्ष भवन निर्माण तथा सिसी क्यामेरा जडान गर्नु सराहनीय कार्य भएको बताउनुभयो ।
समारोहमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले जिल्लाको समग्र बस्तुस्थिति र जनसहयोग निर्माण र परिचालनको प्रभावकारिताका बारेमा प्रकाश पार्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भवन निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले स्थानीय दाताहरुको १० लाख ४४ हजार २ सय ९ रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभएको सो कार्यक्रममा द थर्ड भिजन संस्थाका कोषाध्यक्ष दिनेश चुकेले सिसी क्यामेरा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा माननीय जिल्ला न्यायधीश टेकनारायण कुँवर, जुनियर प्रहरी अधिकृत शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक रणबहादुर चन्द, राजनीतिक दलका पदाधिकारीहरु, विभिन्न कार्यालयका प्रमुखहरु, स्थानीय जनता, उद्योगी, व्यवसायी एवं भवन निर्माण कार्यमा सहयोग पु¥याउने महानुभावहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...