Loading...

कन्चन हत्याको बिरोधमा राजधानीमा र्याली

काठमाण्डौ ,१० मंसिर ।
काठमाडौंको बागबजार स्थित पद्मकन्या क्याम्पसका विद्यार्थीले आज आफ्नै सहपाठी कन्चन भुजेलको बलात्कारपछि हत्या भएको भन्दै विरोर्ध याली निकालेका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएकै दिन नेपाल विद्यार्थी संघ पद्मकन्या इकाईको अगुवाईमा बिद्यार्थीले क्याम्पसको बी.ए तेस्रो वर्षमा अध्ययनरत कन्चनको बलात्कार पछि हत्या भएको भन्दै बिरोधमा र्याली निकालेका हुन् ।

कन्चनको करिब साढे २ महिनाअघि अपहरण गरी बलात्कारपछि हत्या गरिएको भन्दै उनीहरुले दोषिलाई कार्वाहि गर्न माग पनि गरेका छन् ।
कन्चनको गत मंसिर ६ गते शिवपुरीको जंगलमा कुहिएको अवस्थामा शव भेटिएको थियो । जङगलमा गाईवस्तु हेर्न गएकाहरुले कपडा र सडेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
विरोध र्याली पुतलीसडक, कमलपोखरी, घण्टाघर, हुँदै क्याम्पसको मूल गेटमा आएर विरोधसभामा परिणत भएको थियो । विरोधसभामा सहभागी मृतक उनका परिवारले कन्चनलाई बलात्कारपछि हत्या गरिएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

घटनामा संलग्न भनिएका २ जनालाई कमलपोखरी प्रहरी प्रभागको टोलिले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाएको छ । हाल उनीहरुलाई नुवाकोट प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

शव सडेको अवस्थामा फेला परेको भए पनि कपडाबाट परिवारले उनको पहिचान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...