Loading...

एमालले आकस्मिक रुपमा स्थायी समिति बैठक डाक्यो

काठमाडौं ,मंसिर १० ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समसामयीक राजनीतिक बिषयमा छलफल गर्न आकस्मिक रुपमा स्थायी समितिको बैठक बोलाएको छ ।

बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा अपरान्ह ५ बजेका लागी बैठक बोलाइएको हो ।

बैठकमा मुख्यत सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्तावबारे छलफल हुने एमालेले जनाएको छ । प्रस्ताव दर्ता भएपछिको रणनीतिबारे समेत छलफल हुने बताइएको छ ।

बैठकमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्तावसम्बन्धमा प्रधानमन्त्री तथा सत्ता रुढ दलका नेताहरुसँग हालसम्म भएको छलफलबारे जानकारी गराउनुहुनेछ ।

सत्ता पक्षले संविधान संशोधनमा सहयोग गर्न पटकपटक आग्रह गरेपनि एमालेले त्यसको औचित्य नभएको भन्दै अश्विकार गरेको छ ।

एमालेले एकलौटी रुपमा प्रस्ताव संसदमा दर्ता गराए सदन र सडकबाट प्रतिकार गर्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...